फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ, थेन चिन र ह पैको संयुक्त विकास महापरियोजना

(GMT+08:00) 2019-02-26 18:15:31

चालु वर्ष पैचिङ, थेन चिन, हपै संयुक्त विकास रणनीतिक कार्यान्वयन भएको पाँचौं वार्षिकोत्सव हो। पाँच वर्षदेखि यातायात, शिक्षा, चिकित्सा आदि क्षेत्रमा पैचिङ, थेन चिन र ह पै संयुक्त विकास गर्दै आधारभूत सार्वजनिक सेवालाई संयुक्त निर्माण र संयुक्त साझेदारी गरिरहेका छन्।

उल्लिखित तीन शहर बीचको रेलवे द्रुत गतिले निर्माण भइरहेको छ। पैचिङ, थेन चिन र ह पै एक घण्टामा आउजाउ गर्न संभव बनाउने योजना कार्यान्वयन भइरहेको छ।

पैचिङ ता सिङ अन्तर्राष्ट्रिय विमान स्थल यही वर्षको सेप्टेम्बरदेखि सञ्चालनमा आउँदैछ। भविष्यमा पैचिङ, थेन चिन र ह पै तीनवटै सहरबाट प्रत्यक्ष रेलवै नयाँ विमान स्थलसम्म पुग्नेछन्।

यातायातको सुविधा बाहेक, पाँच वर्षदेखि पैचिङ, थेन चिन र ह पैको शिक्षा पनि संयुक्त रुपमा विकासित गराउने काम भइरहेको छ। आधारभूत शिक्षा क्षेत्रमा पैचिङ, थेन चिन र ह पैका शिक्षा विभागले संयुक्त कदम चल्दै शिक्षाको गुणस्तरलाई बढाएका छन्। पैचिङ र थेन चिनको राम्रा विद्यालयहरुले ह पै प्रान्तका विद्यालयहरुसँग सहकार्य गरिरहेको छ।

जानकारी तथा लेखहरु