फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्रमन्त्रीद्बारा पाकिस्तानी विदेश मन्त्रीसँग टेलिफोनवार्ता

(GMT+08:00) 2019-02-26 18:15:52

हिजो फेब्रुअरी पच्चीस तारिख चिनियाँ राज्य परिषदका सदस्य तथा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पाकिस्तानका विदेश मन्त्री शाह महमद खुरेशसँग टेलिफोन वार्ता गर्नुभयो।

पाकिस्तानी विदेश मन्त्री खुरेशले भारतीय नियन्त्रित कश्मीर क्षेत्रमा भएको आत्मघाती प्रहारबारे पाकिस्तानको अडान र चालेको कदमको जानकारी दिनुका साथै पाकिस्तानले इमानदार रुपमा भारतसँग वार्ता र सहयोग गर्दै यो आक्रमणको सत्यतथ्य पहिचान गर्ने बताउनुभयो। पाकिस्तानले क्षेत्रीय शान्ति सुरक्षा र आतंकवादको विरोधको अडान नछोड्ने बताउँदै उहाँले यस बारेमा विभिन्न मुलुकसँगको सहयोगलाई निरन्तर राख्ने आशा व्यक्त गर्नुभयो।

चिनियाँ राज्य परिषदका सदस्य वाङ यीले पाकिस्तान र भारतले वार्तामार्फत समस्याको समाधान गर्ने कुरालाई चीनले समर्थन गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु