फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फाइभ जी प्रविधि अन्तर्राष्ट्रिय समूहको संयुक्त उपलब्धि रहेको चीनको भनाइ

(GMT+08:00) 2019-02-26 18:43:36

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले फाइभ जी प्रविधि विश्वव्यापी पृष्ठभूमिमा विभिन्न मुलुकले आदान-प्रदान र सहयोग गरी उत्पादन गरेको र अन्तर्राष्ट्रिय समूहको साझा नविन सिर्जना उपलब्धि रहेको कुरा दोहोर्‍याउनुभएको छ। विभिन्न मुलुकको नैतिक निर्णय वास्तविक आधारमा हुनैपर्छ तर झुटको खेती गर्नु हुने कुरामा उहाँले जोड दिनुभयो।

आज फेब्रुअरी छब्बीस तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। प्राप्त समाचारका अनुसार, विश्वको दोस्रो ठूलो मोबाइल संचालक एवं बेलायत्तको भोडाफोन कम्पनीका सीईओ निक रिडले विश्व मोबाइल महाधिवेशनमा ह्वावैमाथि लगाइएको निषेधबाट युरोपमा फाइभ जी प्रविधिको सार्वजनिक मितिलाई दुई वर्ष पछि सारिने र ठूलो मात्रामा प्रबन्धको आकस्मिक रुपमा परिवर्तनबाट राष्ट्रिय पूर्वाधारमा ठूलो नोक्सान हुने तथा उपभोक्ताले उच्च लागत बोहोर्नु पर्ने बताउनु भएको थियो। हाल कोही व्यक्तिले भनेको जस्तो अवस्थ आधार नभएको र अमेरिकासँग आफूले सम्पर्क नगरेको बताउँदै उनीहरुले समस्त युरोपका सम्बद्ध एकाइलाई प्रमाण देखाउनुपर्ने दोहोर्‍याउनुभयो।

जानकारी तथा लेखहरु