फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत स्वायत्त प्रदेशमा तीन लाख किसान र पशुपालकहरु "वनपाले"

(GMT+08:00) 2019-02-27 18:19:41

तिब्बत स्वायत्त प्रदेश वनस्पति र घाँसे मैदान व्युरोले हिजो फेब्रुअरी छब्बीस तारिख एउटा प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा सन् 2018 मा तिब्बतमा "वनपाले" पदमा तीन लाख नौ हजार थप गरेको छ। सोबाट किसानहरु र पशुपालकहरुले एक अर्ब चिनियाँ युआनको आय थप बढाउने छन्।

तिब्बतमा ठूलो क्षेत्रफलको आदिम कालको वन रहेको छ। वनको संरचना पूर्ण छ र पर्यावरण प्रणाली पनि स्थिर छ। सन् 2018 मा तिब्बतले हरित भूमि कार्यक्रमलाई गहन बढाएको छ। यालुचाङपु नदी, नु नदी, ल्हासा नदी, न्ये छु नदी, या लौं नदी र श छ्वाङ नदी क्षेत्रमा बन विस्तार गरिएको छ। पूर्वकालमा जङ्गल रहेका क्षेत्रलाई फंडानी गरी हाल खेती गरिरहेको जग्गालाई पुनःघाँसे मैदान र वृक्षरोपण गरी बन जङ्गलमा परिणत गरिएको छ। सन् 2018 मा नयाँ वन सिर्जना गरिएको जमिनको क्षेत्रफल एघार लाख बीस हजार मु पुगेको छ।

जानकारी तथा लेखहरु