फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीद्वारा भारतीय विदेशमन्त्री स्वराजसँग भेट

(GMT+08:00) 2019-02-27 18:47:24

चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले चीनको च च्याङ प्रान्तीय उचनमा आयोजित चीन-रुस-भारत विदेशमन्त्री वार्तामा उपस्थित भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गर्नुभएको छ।

सो अवसरमा वाङ यीले गत वर्ष चीनको ऊहानमा राष्ट्राध्यक्ष सी चिन फिङ र प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक वार्ता भएबाट चीन-भारत सम्बन्धलाई स्थिर विकासमा ल्याएको भन्दै नयाँ वर्षमा दुई पक्षले नेताको महत्वपूर्ण सहमतिलाई पालना गरी चीन-भारत सम्बन्धको स्थिर र दीर्घकालीन विकास बढाउनुपर्ने दोहोर्‍याउनुभयो। वर्तमान दक्षिणी एसिया स्थितिमा चीनको ध्यान रहेको भन्दै भारत र पाकिस्तानले संयमता राखेर वार्ता गरी वास्तविकता उपाय खोज्नसक्ने आशा चीनले लिएको वाङ यीले बताउनुभयो।

प्रत्युत्तरमा भारतीय विदेश मन्त्री स्वराजले दुई पक्षले संयुक्त प्रयास गरी सीमा क्षेत्रको शान्ति संरक्षण गरेर भारत-चीन सम्बन्धको स्थिर विकास बढाउने कुरामा जोड दिनुभयो। भारतले जिम्मेवारी र संयमता धारणा गरेर सम्बद्ध समस्याको समाधान गर्ने विचार उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु