फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फाइभ जी युगमा खुला र सहयोग आवश्यक

(GMT+08:00) 2019-02-27 18:55:09

विश्व मोबाइल संचार सम्मेलन हाल बार्सिलोनामा भइरहेको छ। विश्वको सबभन्दा ठूलो संचार उद्योगको प्रदर्शनले इन्टेलिजेन्ट कनेक्टिभिटीलाई मुख्य विषयमा राखेको छ। विश्वका मुख्य मोबाइल संचार व्यवसायले आ-आफ्नो प्रदर्शनी हल राखेर ताजा प्रविधि र उत्पादित वस्तुको प्रदर्शनी गरेका छन्। जसबाट फाइभ जीको युग आउँदैछ भन्ने स्पष्ट भएको छ।

फाइभ जी युगबारे सबैको अपेक्षा छ तर विकास हुने बाटो त्यति सुचारु भएको छैन। फाइभ जीको विकास गर्न व्यापक अन्तर्राष्ट्रिय सहयोग र न्याय, निष्पक्ष, पारदर्शी व्यवस्था र वातावरण चाहिन्छ। अलगताले विश्वका सर्वसधारणको फाइदालाई हानि पुर्‍याउँछ। सम्मेलनमा चीनको उद्योग तथा सूचनाकरण मन्त्रालयका चिफ इन्जिनियर चाङ फङले आह्वान गर्दै विश्वव्यापी युगमा फाइभ जी उद्योग घनिष्ट औद्योगिक पर्यावरणीय प्रणाली रहेको बताउनुभयो। विभिन्न मुलुकका संचार उद्योगले संयुक्त प्रयास गरी निष्पक्ष, न्यायपूर्ण, पारदर्शी विकास वातावरणको संरक्षण गरेर बजारको सिद्धान्त तथा अन्तर्राष्ट्रिय नियमको आधारमा उद्योगको सक्रिय प्रतिश्पर्धालाई बढाउनुपर्ने धारणा उहाँले राख्नुभयो।

जानकारी तथा लेखहरु