फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-रुस-भारत विदेशमन्त्रीबीच वार्ता

(GMT+08:00) 2019-02-27 19:54:50

चीन-रुस-भारत विदेशमन्त्रीबीचको सोह्रौँ वार्ता फेब्रुअरी सत्ताइस तारिख चीनको च च्याङ प्रान्तको ऊ चनमा आयोजना भएको छ।

सो अवसरमा चीनका परराष्ट्रमन्त्री वाङ यीले वर्तमान विश्वको ठूलो परिवर्तन हुँदा ठूलो मुलुक र मुख्य उदय आर्थिक समूहको रुपमा रहेका चीन, रुस र भारतले जिम्मेवार भईर विश्वको शान्ति र विकासलाई सक्रिय शक्ति लगाउनुपर्ने दोहोर्‍याउनुभयो।

रुसका विदेशमन्त्री सर्गेई लाभरोभ र भारतका विदेशमन्त्री शुष्मा स्वराजले जटिल अन्तर्राष्ट्रिय स्थितिको सामना गर्दै तीन मुलुकले संयुक्त राष्ट्र संघ, जी बीस समूह, ब्रिक्स सहयोग, शाङ हाइ सहयोग संगठन आदि बहु-पक्षीय संगठनसँग मिलेर शान्ति, सुरक्षा र आर्थिक विकास आदि क्षेत्रको सहयोग बढाएर मानव जातिसामु देखिएका विभिन्न चुनौतिको समाधान गर्न सक्रिय योगदान गर्नुपर्ने कुरामा जोड दिनुभयो।

वार्ता सकिएपछि तीन मुलुकले संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन्।

जानकारी तथा लेखहरु