फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-रुस-भारतका विदेश मन्त्री बीचको वार्ताका आठ सहमतिहरु

(GMT+08:00) 2019-02-28 18:56:36

चिनियाँ राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यी हिजो फेब्रुअरी सत्ताईस तारिख च च्याङ प्रान्तको ऊ चङ सहरमा चीन-रुस-भातर विदेश मन्त्री बीचको भेट-वार्तामा सहभागी हुनुभएको छ। वार्तापछि वाङ यी, रुसी विदेश मन्त्री सेर्गेइ लाभारोभ, भारतका विदेश मन्त्री शुष्मा स्वराजले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्नुभएको छ। पत्रकार सम्मेलनमा तीन जना विदेश मन्त्रीले अन्तर्राष्ट्रिय परिस्थिति तथा तीन पक्षको सहयोगबारे गहन छलफल गर्नुका साथै आठ वटा महत्वपूर्ण सहमति सम्पन्न भएको जानकारी दिनुभयो।

ती आठवटा सहमतिहरु यस प्रकार रहेका छन्।

एकः हाल अन्तर्राष्ट्रिय परिस्थिति जटिल वातावरणमा चीन-रुस-भारतद्बारा सहयोगलाई सबल पार्ने र सोबाट विश्वलाई झनै स्थिरता प्राप्त हुनेछ।

दोस्रोः पहुपक्षीयबादलाई कडा सुरक्षा गर्दै संयुक्त राष्ट्र संघमा मुख्य अन्तर्राष्ट्रिय प्रणालीको सुरक्षा गरिनेछ।

तेस्रोः बीस मुलुक समूह, एसियाली यूरोपेली सम्मेलन, ब्रिक्स मुलुक, शाङहाई सहयोग संगठन, पूर्वी एशिया सहयोग आदि बहु प्रारुपको समन्वयलाई बलियो बनाइनेछ।

चौथोः जुनसुकै किसिमको आतंकबादलाई प्रहार गर्ने र आतंकबाद विरोधी कार्यमा व्यावहारिक सहयोग बढाइनेछ।

पाँचौं: एकपक्षीयताबाद र सुरक्षाबादको कडा विरोध गर्दै बहुपक्षीय व्यापार प्रणालीको सुरक्षा गरिनेछ।

छैटौं: समावेशी वार्तामार्फत मुख्य समस्याको समाधान गरिनेछ।

सातौं: तीन मुलुकका नेताको भेट-वार्ताले धेरै महत्वपूर्ण रणनीतिक अर्थ राख्छ। चालु वर्षमा तीन मुलुकका नेता बीचको भेट-वार्ता आयोजना गरिनेछ।

आठौं: तीन मुलुकको त्रिपक्षीय सहयोगलाई निरन्तर विस्तार गरिनेछ।

जानकारी तथा लेखहरु