फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूत हौ यानछीद्बारा नेपाल-चीन हिमालय मैत्री संघका अध्यक्षसँग भेट-वार्ता

(GMT+08:00) 2019-02-28 18:57:00

हिजो फेब्रुअरी सत्ताईस तारिख नेपालका लागि चिनियाँ राजदूत हौ यानछीले नेपाल-चीन हिमालय मैत्री संघका अध्यक्ष आनन्द पोखरेलसँग भेट-वार्ता गर्नुभयो।

पोखरेलले भेट-वार्तामा नेपाल-चीन हिमालय मैत्री संघको अवस्था तथा नेपाल-चीन बीचको नागरिक आदान-प्रदानमा दिइएको योगदानबारे जानकारी दिनुभयो। उहाँले नेपालको उत्तरी सिमाना र चीन बीचको आदान-प्रदान तथा सहयोगलाई सबल पार्ने उल्लेख गर्नुभयव।

चिनियाँ राजदूत हौले नेपाल-चीन नागरिक आदान-प्रदानमा नेपाल-चीन हिमालय मैत्री संघद्बारा दिइएको प्रयासको सराहना गर्नुभयो। उहाँले चीन र नेपाल छिमेकी मित्रराष्ट्र हुन् भन्दै नेपालको उत्तरी सिमाना क्षेत्र र चीनको तिब्बत स्वायत्त प्रदेश बीच भौगोलिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक आदि क्षेत्रमा धेरै घनिष्ट आदान-प्रदान रहेको बताउनुभयो। उहाँले चीन-नेपाल नागरिक सम्बन्धको विकासमा नेपाल-चीन हिमालय मैत्री संघले निरन्तर सकारात्मक भूमिका निर्वाह गर्ने आशा पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु