फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूत हौ यानछीले दक्षिण एसिया महिला विकास मञ्चकी अध्यक्षसँग भेट-वार्ता

(GMT+08:00) 2019-02-28 18:57:21

हिजो फेब्रुअरी सत्ताईस तारिख नेपालका लागि चिनियाँ राजदूत हौ यानछीले दक्षिण एसिया महिला विकास मञ्चकी अध्यक्ष प्रमिला रिजेलसँग भेट-वार्ता गर्नुभयो।

रिजेलले स्थानीय क्षेत्रमा महिलाको अवस्था र विभिन्न मुलुको आर्थिक तथा व्यापारिक, प्राबिधिक, प‍र्यटकीय, वातावरणीय आदि क्षेत्रमा दक्षिण एसिया महिला विकास मञ्चले गरेका कामको जानकारी दिनुभयो। उहाँले चीनसँग आदान-प्रदान र सहयोगलाई सबल पार्ने महिला बीचको सहयोगलाई बढाउने, स्थानीय क्षेत्रको महिला सम्बन्धी मामिला, नेपाल-चीन दुवै मुलुकबीचको विभिन्न क्षेत्रको सहयोगमा योगदान दिने बताउनुभयो।

चिनियाँ राजदूत हौले नेपालले महिलाको अधिकारलाई सुरक्षा गर्दै महिलाको योगदानबाट विकासमा धेरै सफलता प्राप्त गरेको बताउनुभयो। राजनीतिमा नेपाली महिला सहभागिता धेरै उच्च रहेको भन्दै चिनियाँ महिलाहरुको चीनको आर्थिक विकासमा धेरै महत्वपूर्ण योगदान दिइएको राजदूत हौले बताउनुभयो। उहाँले दक्षिण एसिया महिला विकास मञ्चले चीनको क्षेत्रीय संगठनसँग सहयोगलाई सबल पार्ने र महिला योगदानको विकासलाई बढाउने आशा पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु