फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ तुङ-हङ कङ-मकाउ बृहत्त खाडी विकास योजनाको रुपरेखा सार्वजनिक

(GMT+08:00) 2019-02-28 19:00:11

चीनको राज्य परिषदको प्रेस कार्यालयले आज फेब्रुअरी अठाइस तारिख पत्रकार सम्मेलन गरी क्वाङ तुङ-हङ कङ-मकाउ बृहत्त खाडी विकास योजनाको रुपरेखाबारे जानकारी दिएको छ। सम्मेलनमा चीनको राष्ट्रिय विकास तथा सुधार समिति र क्वाङ तुङ, हङ कङ, मकाउ तीन सरकारका जिम्मेवार व्यक्तिले भविष्यमा यी तीन क्षेत्रको समष्टिगत श्रेष्ठता लिएर जीवित शक्ति र अन्तर्राष्ट्रिय प्रतिश्पर्धात्मक शक्ति रहेको शीर्ष खाडीको निर्माण गर्ने विचार व्यक्त गरेका छन्।

बृहत्त खाडी क्षेत्र एक देश, दुई प्रणाली, तीन सीमा शुल्क क्षेत्र, तीन खालका मुद्राको आधारमा निर्माण हुनेछ। विश्वमा पहिला यस्तो उदाहरण थिएन। भविष्यमा विकास बाटो खोज्नेबारे विभिन्न पक्षको ध्यान तानिएको छ।

भविष्यमा बृहत्त खाडी क्षेत्र निर्माणको मुख्य कार्य यस प्रकार छन्: अन्त‌र्राष्ट्रिय विज्ञान तथा प्रविधि नविन सिर्जना केन्द्रको निर्माण तीब्र बनाउने, कामको कुशल प्रवाहलाई व्यवस्थित बनाउने, पर्यावरण गुणस्तर उकास्ने, बसोबास, रोजगार, पर्यटनमा उच्च गुणस्तरीय वातावरणको निर्माण गर्ने र अन्तर्राष्ट्रिय सहयोगको नयाँ श्रेष्ठताको विकास गर्न ठूलो प्लेटफोर्मको निर्माण तीब्र बनाउने।

जानकारी तथा लेखहरु