फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका र उत्तर कोरिया शिखर वार्तामा कुनै सहमति हुन सकेन

(GMT+08:00) 2019-02-28 19:00:37

अमेरिकी राष्ट्रपति ट्रम्पले आज फेब्रुअरी अठाईस तारिख दिउँसो हनोईमा आयोजित पत्रकार सम्मेलनमा अमेरिका र उत्तर कोरियाका नेता बीचको दोस्रो वार्तामा कुनै कागजातमारु हस्ताक्षर नभएको बताउनुभयो।

उहाँले विगत दुई दिनको वार्तामा केही सफलता प्राप्त भए पनि कुनै सम्झौतामा हस्ताक्षर नभएको उल्लेख गर्नुभयो। अमेरिका र उत्तर कोरियाबीचको दोस्रो बार्तामा अमेरिकाले उत्तर कोरियामाथि लगाउँदै आएको नाकाबन्दी हटाउने विषयमा मतभद भएको पनि अमेरिकी राष्ट्रपति ट्रम्सले जानकारी दिनुभयो।

पत्रकार सम्मेलन अगाडि अमेरिकी ह्वाइट हाउसका प्रवक्ताले अमेरिका र उत्तर कोरियाका नेताबीच धेरै राम्रो र सकारात्मक वार्ता भएको बताउँदै कोरियाली प्रायद्बिपलाई आणविक रहित बनाउने र आर्थिक मामिलामा छलफल बढाउने जानकारी दिएका छन्। ती प्रवक्ताले वार्तामा कुनै सम्झौतामा हस्ताक्षर नभएको बताउँदै दुवै पक्षका टोलीले आगामी समयको वार्ताको अपेक्षा गरेको पनि बताएका छन्।

हालसम्म उत्तर कोरियाले यस पटकको वार्ताबारे कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन।

जानकारी तथा लेखहरु