फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरिया र अमेरिका बीचको दोस्रो शिखर वार्ताको समीक्षा

(GMT+08:00) 2019-03-01 18:26:10

विश्वले उच्च ध्यान दिएको उत्तर कोरिया र अमेरिका बीचको दोस्रो शिखर वार्ता भियत्नानको हनोईमा आयोजित भयो। यस पटकको शिखर वार्तामा दुवै पक्षले कुनै सम्झौतामा हस्ताक्षर गरेका छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रेम्पले दुइ दिनको वार्ता धेरै प्रभावकारी रहेको बताउँदै तर कुनै सम्झौतामा हस्ताक्षर नभएको बताउनुभयो।

अमेरिकाका अनुसार, अमेरिका र उत्तर कोरियाले वार्तामा उत्तर कोरियामाथि लगाइएको आर्थिक नाकाबन्दी समस्यामा मतभेद रहेको छ तर वार्ता पूरै अवरुद्ध भएको छैन। अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा दुवै पक्षले वार्तामा धेरै ठूलो प्रगति हासिल गरेको बताउँदै दुवै पक्षको अडान झन् नजिक भएको र निरन्तर संयुक्त प्रायस गर्ने कुरामा सहमति गरेको जानकारी दिनुभयो।

सोबारे उत्तर कोरियाका विदेश मन्त्री री योङ होले आज मार्च एक तारिख हनोईमा उत्तर कोरियाका जनताको जीवन सहज बनाउनका लागि आर्थिक नाकाबन्दी हटाउने माग गरेको भन्दै यदि अमेरिकाले सो कुरा स्वीकार गरेको भए उत्तर कोरियाले निङ प्येन आणविक मामिला उत्पादन पूर्वाधारलाई सधैँका लागि छोड्ने बताउनुभयो। तर अमेरिकाले उक्त प्रस्तावलाई स्वीकार नगरेको र उत्तर कोरियाको सैद्धान्तिक अडान परिवर्तन नभएको भन्दै उहाँले यदि अमेरिकाले वार्तालाई पुन सुचारु गर्नका लागि उत्तर कोरियाको प्रस्ताव परिवर्तन नहुने स्पष्ट पार्नुभयो।

उत्तर कोरिया र अमेरिकाले कुनै सम्झौतामा हस्ताक्षर नगरेको पनि वार्ता पूरै विफल भएको होइन। गत वर्षको पहिलो वार्ता पछि उत्तर कोरिया र अमेरिका बीचमा सौहार्दपूर्ण वातावरणमा वार्ता भएको छ। भविष्यमा अझै वार्ता हुने र बिचार आदानप्रदान हुने भएको छ। यसका साथै यस पटकको वार्तामा दुवै पक्षले साझा चासो रहेको मुख्य विषय समस्याबारे छलफल गरेका छन्। ह्वाइट हाउसका प्रवक्ताले अमेरिका र उत्तर कोरियाका नेताले धेरै राम्रो र सकारात्मक वार्ता आयोजित भएको बताएको छ। सोबाट दुवै पक्षले केही सम्झौतामा हस्ताक्षर नगरे पनि भविष्यको आशा रहेको उल्लेख छ।

उत्तर कोरियाको आणविक समस्या दशौं वर्षदेखि चलेको छ। एक दुइ पटक वार्तामार्फत यो समस्याको समाधान गर्ने सम्भावना छैन। आणविक समस्याको समाधान गर्न उत्तर कोरियाले केही वर्षको तयारी गर्नुपर्नेछ। आफ्नो देशको आर्थिक अवस्थालाई मुख्य रुपमा विकास गर्नुपर्नेछ। सन् 2017 को अन्तदेखि उत्तर कोरियाले कुनै क्षेप्यास्त्र वा आणविक परीक्षण गरेको छैन। सोबाट उत्तर कोरियाले वार्तालाई आधार दिएका स्पष्ट हुन्छ।

वार्ता उत्तर कोरियाको आणविक समस्याको समाधानको एक मात्र उपाय हो। चीनका परराष्ट्र मन्त्री वाङ यीले कोरियाली प्रायद्बिपको दीर्घकालीन शान्तिका लागि चीनले सकारात्मक भूमिका निर्वाह गर्ने इच्छा राखेको बताउनुभयो।

जानकारी तथा लेखहरु