फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्रीद्बारा फ्रान्स, उत्तर कोरियार अमेरिकी अधिकारीसँग भेट-वार्ता

(GMT+08:00) 2019-03-01 18:28:36

चीनका परराष्ट्र मन्त्री वाङ यीले फ्रान्सका राष्ट्रपतिको वैदेशिक मामिला सल्लाहकार फिलिप इटिइन्ने,उत्तर कोरियाका उप विदेश मन्त्री री किल-सोङ र अमेरिकी पूर्व सहायता विदेश मन्त्री सुसन् शिर्कसँग छुट्टा-छुट्टै रुपमा भेट-वार्ता गर्नुभयो।

फिलिपसँग भेट-वार्तामा विदेश मन्त्री वाङले चालु वर्ष चीन र फ्रान्स दौत्य सम्बन्ध स्थापना भएको 55 औँ वार्षिकोत्सव रहेको भन्दै दुवै पक्षले नेता बीचको वार्तामार्फत चीन र फ्रान्स बीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थिर रुपमा अगाडि बढेको बताउनुभयो। सल्लाहकार फिलिपले चीनसँग पहुपक्षीय मध्यस्थता गर्दै पहुपक्षीयवादलाई संयुक्त रुपमा बढाउन फ्रान्स तयार रहेको बताउनुभयो।

री किल-सोङसँग भेट-वार्तामा विदेश मन्त्री वाङले चालु वर्ष चीन र उत्तर कोरिया दौत्य सम्बन्ध स्थापना भएको 70 औँ वार्षिकोत्सव रहेको भन्दै चीन र उत्तर कोरियाले दुवै मुलुक बीचको मैत्री सम्बन्धलाई अझ विकास गर्ने बताउनुभयो। उहाँले कोरियाली प्रायद्बिपको दीर्घकालीन शान्तिका लागि चीनले सकारात्मक भूमिका निर्वाह गर्ने इच्छा राखेको पनि बताउनुभयो। उप विदेश मन्त्री री किल-सोङले उत्तर कोरियाले चीनसँग सम्बन्धलाई नयाँ युगमा नयाँ उचाइमा बढाउने औँल्याउनुभयो।

सुसनसँगको भेट-वार्तामा विदेश मन्त्री वाङ यीले दुवै मुलुक बीचको व्यापक हित रहेको र सहयोगलाई स्थिर बनाउँदै चीन र अमेरिका बीचको सम्बन्धलाई संयुक्त रुपमा बढाउने बताउनुभयो। अमेरिकी पूर्व सहायता विदेश मन्त्री सुसन शिर्कले अमेरिका र चीनले व्यापक क्षेत्रमा सहयोग सबल पार्ने, वार्तामार्फत दुवै मुलुक बीचको मतभेद हटाउने बताउनुभयो।

जानकारी तथा लेखहरु