फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आर्थिक विकासको नतिजा नै नकारात्मक भनाइको जवाफ

(GMT+08:00) 2019-03-01 19:57:30

गत वर्ष आयोजित तेह्रौँ राष्ट्रिय जन काँग्रेसको पहिलो सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री ली ख छ्याङले सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्दै छतीसवटा आर्थिक तथा सामाजिक विकासको मात्रात्मक सूचक पेश गर्नु भएको थियो। आज मार्च एक तारिख चीन सरकारले सन् 2018 को सरकार कार्य प्रतिवेदनमा उठाइएको मात्रात्मक सूचकका सबै कार्यलाई व्यवहारमा उत्तारेको घोषणा गरेको छ।

गत वर्ष व्यापार मतभेद भइरहेको थियो। चीनको आर्थिक अवस्था कमजोर भएको दबावमा यति राम्रो नतिजा प्राप्त हुनु निकै गाह्रो थियो। यो तथ्याङ्कले चीनको आर्थिक विकासमा विभिन्न नकारात्मक भनाइलाई सक्रिय जवाफ दिएको छ।

सन् 2019 मा चीनको विकाससमक्ष अझै धेरै कठिनाइ र समस्या देखा पर्नेछन्। तर सन् 2018 को उपलब्धिले चीन र विश्वलाई ठूलो विश्वास थपेको छ। यो वर्ष आयोजना हुने दुई अधिवेशन सुरु हुँदैछन्। सो अवसरमा चीन सरकारले नयाँ वर्षको आर्थिक तथा सामाजिक विकास लक्ष्य सार्वजनिक गर्नेछ। चीनले विश्वसँग अझ राम्रो भविष्य साझेदारी गर्ने विश्वास गरिएको छ।

जानकारी तथा लेखहरु