फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्यानाडाले चिनियाँ नागरिक मङ वान चौलाई अमेरिका सुपुर्दगी गर्न तयारी गरेकोमा चीनको कडा विरोध

(GMT+08:00) 2019-03-02 15:35:55

क्यनाडाले चिनियाँ नागरिक मङ वान चौलाई अमेरिकासामु सुपुर्दगी गर्ने कुरामा जिद्दी गरेको छ।

सोबारे आज चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले क्यानाडाको यस्तो कदमको कडा विरोध गर्नुभयो।

उहाँले मङ वान चौको विषयमा चीनको अडान स्पष्ट र दृढ रहेको छ भन्दै अमेरिका र क्यानाडाले द्बिपक्षीय अपराधी सुपुर्दगी सन्धिको दुरुपयोग गर्दै चिनियाँ नागरिकलाई दुर्व्यवहार गरेको बताउनुभयो। चिनियाँ नागरिकको कानुनी अधिकारको गम्भिर उल्लंघन भएको भन्दै यो गम्भिर राजनीतिक घटना रहेको प्रवक्ता लुले बताउनुभयो।

चीनले अमेरिकासँग मङ वाङ चौमाथि जारी गरिएको पक्राउ आदेश र सुपुर्दगी आदेश तुरुन्तै हटाउन आग्रह गरेको पनि उहाँले बताउनुभयो।।

जानकारी तथा लेखहरु