फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उप प्रधानमन्त्रीहान चङद्बारा हङकङ, मकाउ वृहत खाडी क्षेत्रको निर्माणलाई निर्देशन

(GMT+08:00) 2019-03-02 15:36:15

चीनका उप प्रधानमन्त्री एवं क्वाङतोङ, हंगकंग र मकाउ वृहत खाडी क्षेत्र निर्माण समूहका प्रमुख हान चङले हिजो मार्च एक तारिख पैचिङमा हंगकंग, मकाउ वृहत खाडी क्षेत्र निर्माण बैठकको अध्यक्षता गर्नुभयो।

बैठकमा नेता हानले "हंगकंग, मकाउ वृहत खाडी क्षेत्रको विकास योजना रूपरेखा" सार्वजनिक गर्दै सम्बन्धित क्षेत्र र विभागले योजनाको रुपरेखालाई राम्रो रुपमा कार्यन्वयन गर्ने आवश्यक रहेको बताउनुभयो। उहाँले हङकङ र मकाउले विशेष भूमिका सधैँ नै निर्वाह गर्ने बताउँदै राष्ट्रिय आर्थिक विकास र वैदेशिक खुलापनमा वृहत खाडी क्षेत्रको भूमिकालाई बढाउने पर्ने कुरा औँल्याउनुभयो। उहाँले मुख्य समस्यालाई ध्यानमा राखेर नीतिको समर्थनलाई सबल पार्ने क्वाङतोङ, हङकङ र मकाउ वृहत खाडी क्षेत्रको निर्माण नयाँ स्तरमा बढाउने बताउनुभयो। हङकङ र मकाउले मुख्यभूमिसँग प्रबिधि सिर्जना क्षेत्रमा सहयोगलाई सबल पार्दै महत्वपूर्ण समर्थन गर्ने कुरा नेता हानले औँल्याउनुभयो।

जानकारी तथा लेखहरु