फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नेता याङ च्ये छद्बारा अमेरिकी विदेश मन्त्रीसँग टेलिफोन वार्ता

(GMT+08:00) 2019-03-02 15:36:37

हिजो मार्च एक तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक व्यूरोका सदस्य एवं केन्द्रीय वैदेशिक मामिला समिति कार्यालयका प्रमुख याङ च्ये छले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग टेलिफोन वार्ता गर्नुभयो।

अमेरिकी विदेश मन्त्री पोम्पेओले अमेरिका र उत्तर कोरियाका नेताबीचको भियत्नामवार्ता बारे जानकारी दिनुका साथै अमेरिकाले उत्तर कोरियासँग सम्पर्क कायम राख्ने र वार्तामार्फत कोरियाली प्रायद्बिप समस्याको समाधान गर्ने बताउनुभयो। उहाँले कोरियाली प्रायद्बिप समस्यामा चीनले निर्वाह गरेको सकारात्मक भूमिकाको अमेरिकाले उच्च सराहना गरेको पनि उल्लेख गर्नुभयो।

नेता याङले कोरियाली प्रायद्बिप समस्या धेरै जटिल रहेको भन्दै अमेरिका र उत्तर कोरियाले दृढ विश्वास, धैर्य र संयुक्त प्रयास गर्दै वार्ता अगाडि बढाउने र कोरियाली प्रायद्बिप समस्यामा चीनले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु