फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जेनेभामा तिब्बत मानव अधिकार कार्य विकास र प्रगति सम्मेलन

(GMT+08:00) 2019-03-02 15:36:58

संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको चालीसौँ सम्मेलन फेब्रुअरी पचीस तारिखदेखि मार्च बाइस तारिखसम्म जेनेभाको राष्ट्रिय दरवारमा आयोजना भइरहेको छ। सो अवसरमा त्यसको शाखा सम्मेलनको रुपमा रहेको तिब्बती मानव अधिकार कार्य विकास र प्रगति विषयक सम्मेलन मार्च एक तारिख चीनको मानव अधिकार अध्ययन संघबाट आयोजना भएको छ। चीनको मानव अधिकार अध्ययन सं‍घका निर्देशक एवं चीनको तिब्बती शास्त्र अध्ययन केन्द्रका अध्ययनकर्ता चालोले अतिथिलाई तिब्बतको आर्थिक तथा सामाजिक विकास र तिब्बतीहरुको जीवन अवस्थामा आएको ठूलो परिवर्तनबारे जानकारी दिनुभएको छ।

चालोले विभिन्न तहका सरकारले किसान र पशुपालकको जीवनको सुधारलाई प्राथमिकतामा राखेर धेरै सहुलियत नीति तयार गरिरहेकाले तिब्बतको ठूलो विकास भएको भन्दै केन्द्रीय सरकारले वित्तीय अनुदान बढाउनुका साथै पूर्वी विकसित प्रान्त, ठूलो राज्य स्वामित्व उद्यम आदिले तिब्बतलाई सहयोग गरी पूर्वाधारको निर्माण र प्रबन्धन क्षमता आदि क्षेत्रमा तिब्बतलाई ठूलो समर्थन दिएको जानकारी दिनुभयो।

चालोले जानकारी दिनु भएअनुसार, हरित विकासमा तिब्बत अडिग रहिरहेको छ। हरेक वर्ष धेरै अन्तर्राष्ट्रिय सहयोग समूहले तिब्बतमा पर्यवारण अध्ययन गर्छन्। तिब्बतले निकासी उद्योगलाई घटाएर सांस्कृतिक पर्यटन विकासलाई बढाएको छ जसबाट वातावरणमाथि हानी पुर्‍याउने कामलाई कम पार्न सकिनेछ।

जानकारी तथा लेखहरु