फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन 13 औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन शुरु

(GMT+08:00) 2019-03-03 18:52:50

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन 13 औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन आज मार्च तीन तारिख दिउँसो पैचिङमा शुरु भयो। सो अधिवेशनको उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सी चिन फिङ लगायत चिनियाँ कम्युनिष्ट पार्टी तथा राष्ट्रिय नेता सहभागी हुनुभयो।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ याङले कार्य प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा उहाँले सन् 2019 मा सम्पन्न समाजको पूर्ण निर्माणका लागि महत्वपूर्ण वर्ष रहेको भन्दै चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिले आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभयो।

यस पटकको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन 13 औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन एघार दिन जारी रहनेछ।

जानकारी तथा लेखहरु