फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले चालु वर्षको अन्तमा "छाङ्ग अ पाँच" उपग्रह प्रक्षेपण गर्ने

(GMT+08:00) 2019-03-03 18:53:11

आज मार्च तीन तारिख चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन तेर्‍हौँ राष्ट्रिय समितिका सदस्य एवं चिनियाँ चन्द्रमा सर्वेक्षण परियोजनाका महानिर्देशक ऊ वै रङले पैचिङमा चीनको चन्द्रमा प्रक्षेपण सर्भेक्षण परियोजना सफल रुपमा अगाडि बढिरहेको बताउनुभयो। चीनले भर्खरै हासिल गरेको प्राबिधिक डाटा राष्ट्रिय तथा विश्वमा सार्वजनिक भएको पनि उहाँले उल्लेख गर्नुभयो। चालु वर्षको अन्त सम्ममा चीनले "छाङ्ग अ पाँच" उपग्रह प्रक्षेपण गर्ने बताउँदै त्यहाँबाट नमूना लिएर पृथ्वीमा फिर्ता हुने उहाँले औँल्याउनुभयो। यो कार्य अमेरिका र रुस पछि चीन तेस्रो मुलुक रुपमा गर्न लागेको जानकारी पनि उहाँले दिनुभयो।

आगामी वर्ष चीनले मङ्गलग्रहको सर्वेक्षण गर्नका लागि उपग्रहको प्रक्षेपण गर्ने जानकारी पनि उहाँले दिनुभयो।

जानकारी तथा लेखहरु