फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको उत्कृष्ठ नतिजा

(GMT+08:00) 2019-03-03 18:53:34

चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन तेर्‍हौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनको पहिलो पत्रकार सम्मेलन हिजो मार्च दुई तारिख पैचिङमा आयोजना भएको छ। सो अवसरमा सम्मेलनका प्रवक्ता क्वो वी मिनले सी चिन फिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको दृढ नेतृत्वमा जन राजनीतिक परामर्शदात्री सम्मेलनले कार्य नवीन सिर्जना बढाएर प्रणाली निर्माण र दीर्घकालीन तयारीलाई सबल पारी उत्कृष्ट नतिजा देखाएको विचार व्यक्त गर्नुभयो।

क्वो वी मिनले जानकारी दिनु भएअनुसार, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनले कर्तव्य पालना गरी नवीन सिर्जनाबाट मोबाइल प्लेटफोर्ममा छलफल गरेको छ। यी दुई अधिवेशन अवधिमा सम्मेलनले उक्त मोबाइल प्लेटफोर्ममा छलफल समूह स्थापना गरी छलफल गर्नेछ जसबाट सदस्यहरुले सम्मेलनको समय वा अरु बेला, अनलाइन वा अफलाइनमा छलफल गर्न सक्नेछन्।

जानकारी तथा लेखहरु