फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सीमित रक्षा खर्चबाट अन्य मुलुकमाथि धम्की नदिइने

(GMT+08:00) 2019-03-04 15:52:16

तेह्रौं चिनियाँ राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनको पहिलो पत्रकार सम्मेलन ४ तारिख पैचिङमा आयोजित भएको छ। सो पत्रकार सम्मेलनमा प्रेस प्रवक्ता चाङ एस्वीले पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै चीनको सीमित रक्षा खर्चबाट अन्य मुलुकमाथि कुनै धम्की नदिने पुष्टि गर्नुभएको छ।

प्रेस प्रवक्ता चाङले सन् २०१६ देखि चीनको रक्षा खर्च लगातार ५ वर्षसम्म घट्दै गएको छ र सन् २०१८ मा चीनको रक्षा खर्च गार्हस्थ उत्पादन परिमाण (जी.डी.पी.) को १.३ प्रतिशतसम्म घटाइएको छ जुन अवधिमा केही विकसित मुलुकको रक्षा खर्च जी.डी.पी.को २ प्रतिशतभन्दा बढी भएको जानकारी दिनुभएको छ।

अन्य मुलुकको लागि सैन्य धम्की हो कि होइन भन्ने निर्णायक विषय नै एक मुलुकको कूटनीति तथा रक्षा नीति हो बरू सो मुलुकको रक्षा खर्च कतिसम्म बढेकोमा ध्यान दिनुको अर्थ नै छैन। चीनले सँधै नै शान्तिपूर्ण विकासको बाटोमा हिंड्दै रक्षात्मक रक्षा नीति लागू गरिरहेको छ। चीनको सीमित रक्षा खर्च नै देशको सार्वभौमसत्ता, सुरक्षा तथा भूभागको अक्षुण्णताको संरक्षण गर्नका लागि हो र अन्य मुलुकको लागि धम्की होइन भन्ने कुरा पनि प्रेस प्रवक्ता चाङले औंल्याउनुभयो।

जानकारी तथा लेखहरु