तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन ५ तारिख पैचिङमा आयोजना हुँदै छ। सो अधिवेशनका प्रेस प्रवक्ता चाङ ये स्वीले ४ तारिख आयोजित पत्रकार सम्मेलनमा सम्बन्धित जानकारी दिँदै चिनियाँ तथा विदेशी संचारमाध्यमको आकर्षक विषय सम्बन्धी प्रश्नको पनि जवाफ दिनुभएको छ। उहाँका अनुसार, यसै अधिवेशन मार्च ५ तारिख विहान शुरू हुनेछ र मार्च १५ तारिख सम्पन्न हुनेछ। अधिवेशन चल्ने १० दिनको लागि सबै तयारी पूरा भइसकेको छ।
पत्रकार सम्मेलनमा चाङले पत्रकारहरूद्वारा सोधिएका 'चीन-अमेरिका व्यापार द्वन्द्व', बेल्ट एण्ड रोड, व्यक्तिगत सूचनाको सुरक्षा लगायतका विविध प्रश्नको पनि जवाफ दिनुभएको छ। बेल्ट एण्ड रोडबाट केही मुलुक ऋणजालमा फसेको रिपोर्टको जवाफ दिँदै चाङले यसरी भन्नुभएको छः ''बेल्ट एण्ड रोडको सिद्धान्त नै संयुक्त परामर्श, संयुक्त निर्माण, संयुक्त प्रयोग हो र यसै साथ बजारमूलक संचालनको मोडलको पनि पालना गर्नुपर्छ। यसको उद्देश्य उच्च गुणस्तरीय विकास हो। अन्य अन्तर्राष्ट्रिय सहयोग प्रस्ताव जस्तै बीआरआई प्रोजेक्टरको कार्यान्वयन प्रक्रियामा केही कठिनाइ, समस्या, खतरा र चुनौती देखा परेका छन्। तर प्रस्ताव र योजनाको सुधारका क्रममा बीआरआई निर्माणबाट अझ राम्रो विकास हासिल हुनेछ र सहभागी मुलुकका जनता लाभान्वित हुँदै जाने विश्वास छ।''