फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वैदेशिक सहायतामा नयाँ जिम्मेवारी लिँदा नयाँ उपलब्धि हासिल हुने अपेक्षा

(GMT+08:00) 2019-03-04 17:03:04

मार्च ३ तारिख दिउँसो चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन तेर्‍हौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय विकास सहयोग व्यूरोका मन्त्री वाङ स्याउ थाउले बोल्दै नयाँ युगमा चीनको वैदेशिक सहायता गर्दा नयाँ जिम्मेवारी लिएर नयाँ उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिनुभएको छ।

राष्ट्रिय अन्तर्राष्ट्रिय विकास सहयोग व्यूरोले चिनियाँ विशेषतायुक्त ठूलो मुलुकको कूटनीति तथा बेल्ट एण्ड रोड निर्माणको सेवा गर्दै जाने कुरा वाङले बताउनुभयो। साथै विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संगठनसँगै मिलेर संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०३० को कार्यान्वयन, मानवजातिको संयुक्त समुदायको निर्माणको लागि सकारात्मक योगदान दिँदै जाने आशा पनि उहाँले व्यक्त गर्नुभयो।

थाहा भएअनुसार, गत वर्षको अप्रिलमा राष्ट्रिय अन्तर्राष्ट्रिय विकास सहयोग व्यूरो गठन भएको हो। बितेका एक वर्षमा यसै व्यूरोले व्यापक अन्तर्राष्ट्रिय आदानप्रदान गर्दै विभिन्न क्षेत्रमा राम्रो थालनी गरेको जानकारी पनि वाङले दिनुभयो

जानकारी तथा लेखहरु