फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लोकतान्त्रिक परामर्श र राजनीतिमा सहभागिता

(GMT+08:00) 2019-03-04 18:55:32
हरेक मार्च महिना चीनका लागि दुईटा अधिवेशनको अवधि मानिन्छ। राष्ट्रिय जन कांग्रेस र चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक बैठक पैचिङमा आयोजित भएका छन्। यो चीनले एक वर्षको योजना गर्ने केन्द्रिय समय मात्र होइन, विश्वले चीनको अवलोकन गर्ने महत्वपूर्ण झ्याल पनि हो। चिनियाँ विशेषतायुक्त राष्ट्रिय व्यवस्थाको हैसियतमा चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनले नयाँ चीनको लगभग 70 वर्षको इतिहासमा विशेष भूमिका खेलेर जनताको मन र शक्तिको संकलन गर्ने प्रभाव पारेको छ।

विश्वमा सबैभन्दा बढी जनसंख्या भएकाले चिनियाँ सर्वसाधारणको अपील विविध छ। तर सबै चिनियाँहरूको साझा सहमतिमा चीन राष्ट्रको महान पुनरूत्थान गर्नु भन्ने रहेको छ। यो लगभग 1 अर्ब 40 करोड चिनियाँहरूको साझा आदर्श हो। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग र राजनैतिक परामर्श व्यवस्थाको महत्वपूर्ण संस्थाको हैसियतमा जनराजनैतिक परामर्शदात्री सम्मेलनले केन्द्रिय निर्णय निर्माता र विभिन्न सामाजिक पक्षमा सहमति जुटाउने, राष्ट्रिय विकासलाई अगाडि बढाउने, राष्ट्रिय पुनरूत्थान गर्ने महत्वपूर्ण पुलको भूमिका खेलेको छ।

एकता र लोकतन्त्र राजनैतिक परामर्शका दुइवटा कार्य हुन्। जन राजनैतिक परामर्श चीनले जनताको लोकतान्त्रलाई साकार तुल्याउने महत्वपूर्ण तरिका हो। राजनैतिक परामर्श, लोकतान्त्रिक निगरानी र राजनीतिक सहभागिताले समाजवादी लोकतान्त्रिक परिपाटीको जैविक शक्ति देखाएको छ।

जानकारी तथा लेखहरु