फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सबैभन्दा उच्च स्तरीय अधिकार सङ्गठनको बार्षिक सम्मेलन शुरू

(GMT+08:00) 2019-03-05 09:26:45

चीनको सबैभन्दा उच्च स्तरीय अधिकार सङ्गठनको बार्षिक सम्मेलन अर्थात् चिनियाँ राष्ट्रिय जन काँग्रेस महाधिवेशनको बार्षिक सम्मेलन आज ५ तारिखका बिहान चीनको राजधानी पैचिङमा शुरू भयो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङसमेत चिनियाँ पार्टी र सरकारका नेताहरू तथा ३००० जना भन्दा बढी राष्ट्रिय जन काँग्रेसका प्रतिनिधीहरू १३औं चिनियाँ राष्ट्रिय जन काँग्रेस महाधिवेशनको दोस्रो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भएका छन्।

चीनका प्रधानमन्त्री ली ख छ्याङले सो बार्षिक सम्मेलनमा गएको बर्षको सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्नुका साथै यस बर्षको सरकारी कार्य प्रस्ताव प्रस्तुत गर्नुहुने छ र सम्मेलनमा सहभागीहरूले यस प्रस्तावमाथि वैचारिक आदान-प्रदान गर्ने जनाइएको छ।

जानकारी तथा लेखहरु