फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खासा नाका

(GMT+08:00) 2019-03-05 09:33:58

खासा नाका चीन-नेपाल सीमा क्षेत्रको हिमाल तथा पहाडको बीच भागमा पर्दछ र यो पहाडी क्षेत्रमा निर्माण भएको बस्ति हो साथै चीनको दक्षिण एशियाली उपमहाद्वीप उन्मूख सबैभन्दा ठूलो खुला नाका पनि हो।

खासाको मौसम राम्रो छ र दृश्य पनि निकै सुन्दर छ। खासा जाँदा धेरै झरना, धेरै रुख र पहाड देख्नसकिन्छ। हिमाल र पहाडको यस भागले हामीलाई केही जानकारी दिएको छ। पोछ्यु घाटीदेखि चीन-नेपाल च्यानलसम्म पर्खाल जस्तो हजार मिटरभन्दा अग्ला शिखरहरु आकाशतिर हेरिरहेका छन्, भीरका शंकुधर रूखहरू पनि सीधा आकाशतिर हेरिरहेका छन्, बीचमा विभिन्न झरनाहरू बगेका छन्। यो हिमाली सगरमाथाको दृश्यसँग निकै फरक देखिन्छ। पहाडमा निर्मित खासा बस्तिका घर-भवनहरु घना छन् भने आधुनिक तथा पुराना भवनहरु राजमार्गका दुवैपट्टिका पहाडी भागमा एक आपसमा मिलेर निर्माण भएका छन्। बस्तिका धेरैजसो घरको जस्ताको छतमा सानो बगैँचा पनि छन् भने विभिन्न ध्वजा पताका र भाग्य रुखबाट सबै छतलाई रङ्गीङचङ्गी रुपमा सजावट गरिएको छ। वरिपरि हरियाली पहाड र सेतो बादलले घेरेर खासा बस्ति निकै चित्तकार्षक देखिन्छ।

एकदमै व्यस्त नाकाको रुपमा रहेको खासा बस्तिमा गाडी गुडिरहन्छन् र रमाइलो देखिन्छ। राजमार्गका दुवै छेउमा सयौँ पसलहरु घनीभूत रुपमा निर्मित छन्। पसलमा विभिन्न सामग्री विक्री गरिन्छ तीमध्ये सबैभन्दा बढी भारत, नेपाल आदि क्षेत्रबाट आएका सामान छन्। मार्गमा नेपालबाट आएका रङ्गीन टाटा ट्रक थुप्रै देखिन्छ। बस्तिमा चीनका हान जातीय र तिब्बती जातीयहरुबाहेक भारतीय र नेपाली पनि धेरै बस्छन् साथै विभिन्न मुलुकका यात्रु र व्यापारी पनि धेरै छन्।

राजमार्गको अन्त्यतिर चीनको भन्सा पर्छ र नेपाल जान त्यहाँबाट निस्किने हो। हजारौँ मिटर पर चीन-नेपाल सीमामा पर्ने मितेरी पुल पर्छ। भन्साको ढोकाबाहिर विनिमय मुद्रा लिएकाहरु धेरै देखिन्छन्। यात्रु भेट्दा उनीहरुले क्यालक्युलेटर र पैसा लिएर यात्रुलाई घेर्छन्।

जानकारी तथा लेखहरु