फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०१९ चीनको वित्तीय घाटा दरलाई २.८ प्रतिशतमा समायोजन

(GMT+08:00) 2019-03-05 09:50:41

आर्थिक वृद्धि दरलाई उचित अवधिमा कायम राख्नका लागि चालु वर्ष चीनले निरन्तर रुपमा सक्रिय वित्तीय नीति र अस्थिर मुद्रा नीति अपनाउँदै जाने भएको छ। तीमध्ये वित्तीय घाटा दरलाई २.८ प्रतिशतमा समायोजन गरिने छ जुन गत वर्षको अनुमानभन्दा ०.२ प्रतिशत उच्च रहेको छ। केन्द्रीय र स्थानीय वित्तीय घाटाको कूल रकम २७ खर्ब ६० अर्ब चिनियाँ युआन रहेको छ।

चीनका प्रधानमन्त्री ली ख छ्याङले मार्च ५ तारिख सरकारी कार्य-प्रतिवेदनमा उक्त जानकारी दिनुभएको हो।

चीनले बिनिमय दर व्यवस्थालाई पूर्णता दिलाउनुका साथै चिनियाँ युआनको बिनिमय दरलाई उचित र सन्तुलित स्तरमा स्थिर रुपमा कायम राख्दै जाने पनि प्रधानमन्त्री लीले औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु