चीन सरकारले चालू वर्षमा चिनियाँ व्यवसायमा पूंजी भित्र्याउने अफ्ठ्यारो समस्याको समाधान गर्न प्रयास गर्ने जनाएको छ। आज मार्च ५ मा आयोजित तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनमा चीनका प्रधानमन्त्री ली ख छ्याङले उक्त कुरा बताउनुभएको हो।
उहाँका अनुसार,चीन सरकारले मध्यम तथा साना बैंकको निक्षेप महसूल दरलाई घटाउने छ,जसबाट बढ्ने पूंजीले गैर-सरकारी तथा स-साना व्यवसायहरुलाई ऋण उपलब्ध गराउने छ।
यसका साथै चीन सरकारले मध्यम तथा स-साना व्यवसायीहरुलाई पूंजी भित्र्याउने लागतलाई न्यून पार्ने वचन पनि दिएको छ।