फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यापार र लगानीको स्वतन्त्रता तथा सुविधा बढाउन चीनको बहु-कदम

(GMT+08:00) 2019-03-05 10:40:24

चीन सरकारको कार्य-प्रतिवेदनका अनुसार, सन् २०१९ मा चीनले संयुक्त रुपमा सल्लाह, स्थापना र शेयर, अन्तर्राष्ट्रिय औद्यगिक क्षमता सहयोग बढाउन, तेस्रो-पक्षको बजार सहयोगलाई विस्तृत गर्न अडिग रहेर बेल्ट एन्ड रोडको संयुक्त निर्माण बढाउन दोस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको आयोजना गर्न प्रबर्द्धन गर्नेछ।

चीनले आर्थिक विश्वव्यापीकरण र स्वतन्त्र व्यापारको दृढ संरक्षण गरी विश्व व्यापार संगठनको सुधारमा सक्रिय रुपमा भाग लिनेछ साथै क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्ध सम्झौता, चीन-जापान-दक्षिण कोरिया स्वतन्त्र व्यापार क्षेत्र, चीन-युरोप लगानी सम्झौता वार्तालाई बढाएर चीन-अमेरिका आर्थिक तथा व्यापारिक सल्लाहलाई अघि सार्नेछ।

समान सल्लाह गरी व्यापारिक मतभेदको समाधान गर्ने अडानमा चीन अडिग रहिरहेको र दिएको वचनको चीनले दतचित्त भएर पालना गर्ने तथा आफ्नो वैधानिक अधिकारको कडा संरक्षण गर्ने पनि कार्य-प्रतिवेदनमा औंल्याइएको छ।

जानकारी तथा लेखहरु