फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ऋण जालको निर्माता को हो र?

(GMT+08:00) 2019-03-05 11:14:55
बितेका केही वर्षयता केही पश्चिमा जगत् तथा सञ्चार-माध्यमहरूले सकेसम्म केही विकासोन्मुख मुलुकमा देखा परेका ऋण संकटलाई बंग्याएर तथाकथित चीनको ऋण जाल धारणा प्रस्तुत गर्दै आएका छन्। यदपि बेल्ट एण्ड रोड प्रस्तावबाट साँच्चि नै ऋण जाल मच्चाइएको छ कि? ऋण जालको निर्माता को हो र?

अवश्य कुरा के हो भने ऋण जाल तथा बेल्ट एण्ड रोड प्रस्ताव जोडिएको कारवाईमा वास्तवमा ठीक र बेठीक कुराहरू मिसाइएको छ। लामो समयदेखि यता पश्चिमा जगत् बाहिरका मुलुकमाथि यसो उसो भन्नु नै पश्चिमी राजनीतिज्ञ र सञ्चार-माध्यमहरूले सधैं प्रयोग गर्ने कारवाई रहेको छ। उनीहरूले शीत युद्धताकाको विचारधारा र आफुलाई मात्र सम्मान गर्ने प्रभुत्व भावना लिएर वर्तमान अन्तर्राष्ट्रिय राजनीतिक र आर्थिक परिपाटीको व्यवहार गरेका छन्। बाहिरबाट देख्दा प्रजातान्त्रिक, स्वतन्त्र, समान र निष्पक्ष रहे तापनि वास्तवमा उनीहरूले तथ्य कुराको बावजुद नक्कली र सक्कलीलाई उल्टो पारेका छन्।

सर्वप्रथम केही एशिया, अफ्रिका र ल्याटिन-अमेरिकाका विकासोन्मुख मुलुकका ऋण समस्या निकै बोझिलो देखिन्छ। किनकि ती ऋण समस्याहरूको जटिल ऐतिहासिक पृष्ठभूमि र वास्तविक अवस्था रहेका छन्।

दोस्रो कुरा आर्थिक विकास र जनजीवनको सुधार नै विकासोन्मुख मुलुकका लागि सबैभन्दा जरुरी कार्यभार रहेको छ। बेल्ट एण्ड रोड योजना मुख्यत: आधारभूत प्रबन्धमा लगानी लगाइने छ। त्यसबाट सम्बद्ध मुलुकलाई विकास अवसर तथा आशा प्रदान गरिने छ।

तेस्रो कुरा ऋणको बनौटबाट हेर्दा चीनले विकासोन्मुख मुलुकमा ओगटेको ऋण अधिकारको अनुपात निकै कम छ। बरु विकासोन्मुख मुलुकका सबैभन्दा ठूलो ऋण अधिकार पाउनेहरू पश्चिमी जगतका विकसित मुलुक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका अन्तर्राष्ट्रिय बैकिङ संस्थाहरू हुन्।

केही पश्चिमा जगतका सञ्चार-माध्यम तथा राजनीतिज्ञहरूले चीन तथा अन्य मुलुक बीचको सहयोगको निष्पक्ष रुपमा व्यवहार गर्नुका साथै वास्तविक कारवाईमार्फत मानव जाति भाग्यको एकरुपताका लागि योगदान गर्नसक्ने भन्ने चीनको आशा रहेको छ।

जानकारी तथा लेखहरु