फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जनकांग्रेसको वार्षिक सम्मेलनमा सरकारी कार्य प्रतिवेदन प्रस्तुत

(GMT+08:00) 2019-03-05 15:30:20

चीनको सबैभन्दा उच्चस्तरीय आधिकारिक संगठन अर्थात् चिनियाँ राष्ट्रिय जनकांग्रेसको वार्षिक सम्मेलन आज ५ तारिखका बिहान पैचिङमा शुरू भएको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङले सो वार्षिक सम्मेलनमा गत वर्षको सरकारी कार्य प्रतिवेदन र यस वर्षको शासन योजना पनि प्रस्तुत गर्नुएको छ।

सन् 2018 नयाँ चीन सामु जटिल तथा कडा परिस्थिति आइपरेतापनि राम्रो उपलब्धि हासिल भएको छ। वर्तमान कठिनाइ र चुनौतीको विश्लेषण गर्दै चालू वर्षको सरकारी कार्य प्रतिवेदनले अझ स्पष्टता प्रदर्शन गरेको देखिन्छ। चालू वर्ष चीनको आर्थिक तथा सामाजिक विकासको कूल माग तथा नीति भन्दै कार्य प्रतिवेदनले स्थिरताका साथ प्रगति हासिल गर्ने र आपूर्तितर्फ संरचनात्मक सुधार गर्ने मुख्य लाइनमा जोड दिनुबाहेक नयाँ रणनीति पनि प्रस्तुत गरेको छ। उदाहरणका लागि आधुनिक अर्थतन्त्र प्रणालीको निर्माणलाई तीव्र पार्ने, रोजगारी, बैंकिङ, वैदेशिक व्यापार, लगानी तथा अपेक्षाकृत अझ स्थिरता र बजारको विश्वास प्रवर्द्धन आदि विषय समेटिएका छन्।

उक्त प्रतिवेदनले यस वर्ष चिनियाँ कूल गार्हस्थ उत्पादनको अनुमानित लक्ष्य ६% देखि ६.५% सम्म निश्चित गरेको छ। यो सन् 2016पछि चीन सरकारले दोस्रोपटक उक्त सूचकांकलाई अन्तरालमा निश्चित गरेको हो। गत वर्षको 6.5 प्रतिशतको अनुमानित लक्ष्यको तुलनामा सरकारको शासन अझ लचिलोपन र व्यवहारिक भएको देखिन्छ।

प्रतिवेदनअनुसार, चीनले निरन्तर रुपमा सक्रिय वित्तीय नीति र अस्थिर मुद्रा नीति अपनाएर आर्थिक वृद्धि दरलाई उचित अवधिमा कायम राख्नेछ। चालू वर्ष वित्तीय घाटा दरलाई २.८ प्रतिशतमा समायोजन गरिने छ जुन गत वर्षको अनुमानभन्दा ०.२ प्रतिशत उच्च रहेको प्रधानमन्त्री लीले औँल्याउनुभएको छ। यस वर्ष पहिलोपटक रोजगारको प्राथमिकतालाई समग्र नीतिको स्तरमा राख्ने उद्देश्य रोजगारीलाई सबल पार्ने व्याख्या प्रधानमन्त्री लीले गर्नुभयो।

यस वर्षको ठोस कार्यमा प्रतिवेदनले सुधारको केन्द्रिय भूमिकामा विशेष गरी जोड दिएको छ। प्रधानमन्त्री लीका अनुसार, यस वर्ष सरकारले अझ ठूलो परिमाणमा कर घटाउने बताउनुभएको छ। साधारणका लागि फाइदाजनक कर घटाउने र रचानात्मक कर घटाउने दुवै कदम चालिनेछ। मुख्यतया उत्पादन उद्योग तथा सानो-सुक्ष्म व्यवसायको कर दवावलाई कम पारिनेछ।

गत वर्ष चीनले भव्य रूपमा सुधार तथा खुलापनको चालीसौं वार्षिकोत्सव मनाएर विश्वसमक्ष खुलापन अझ विस्तृत पार्ने अठोट तथा विश्वास दोहोर्याएको थियो। प्रतिवेदनमा चीनका प्रधानमन्त्री ली ख छ्याङले सन् २०१९ मा चीनले अरु बढी विदेशी लगानी भित्र्याउने, बजार प्रवेशको मापनलाई खुकुलो पार्ने, बैंकिङ लगायत क्षेत्रमा सुधार तथा खुलापनको नीति व्यवहारमा उतार्ने, चिनियाँ तथा विदेशी पूँजीद्वारा संचालित व्यवसायको समान स्थान तथा न्यायोचित प्रतिस्पर्धाको वातावरणको तयारी गर्ने, विदेशी व्यापारीको वैधानिक हक-हितको संरक्षणलाई सबल पार्ने जानकारी दिनुभयो। प्रधानमन्त्री ली ख छ्याङले चीनमा लगानीको वातावरण झन् झन् राम्रो हुने तथा चीनमा विभिन्न देशका व्यवसायीहरुको अवसर झन् झन् बढ्ने विश्वास गर्नुभयो।

जानकारी तथा लेखहरु