फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्च गुणस्तरिय विकासको प्रवर्द्धनमा चीन

(GMT+08:00) 2019-03-05 17:09:52

चीन सरकारले ५ तारिख सर्वोच्च आधिकारिक संस्था राष्ट्रिय जनकांग्रेससमक्ष सरकारी कार्य प्रतिवेदन लेखाजोखा गर्न पेश गरेको छ। सो प्रतिवेदन बमोजिम, चालू वर्ष आर्थिक तथा सामाजिक विकास सम्बन्धि सरकारी मुख्य सूचकहरूमा गार्हस्थ उत्पादन परिमाण(जी.डी.पी.) वृद्धि दर ६-६.५ प्रतिशत हुने, शहरी तथा टाउन्सिपमा थप १ करोड १० लाख रोजगारी मौका प्रदान गर्ने, वासिन्दाहरूको उपभोग्य वस्तुको मूल्य वृद्धि ३ प्रतिशतसम्म कायम राख्ने, ग्रामीण गरिब जनसंख्या १ करोड भन्दा बढी कम पारिने, एक यूनिट जी.डी.पी.बाट खपत उर्जा ३ प्रतिशतले घटाउने भन्ने समेटिएको छ।

वर्तमान विश्वको आर्थिक वृद्धि मन्द भएको पृष्ठभूमिमा चीनको सामु बाह्य खतरा बढ्दै गएको साथै आन्तरिक अर्थ अधोगतिमा लाग्ने दबाव ठूलो बन्दै गएको छ। यसै आधारमा चीन सरकारले तोकेका ती लक्ष्यहरू सकारात्मक, स्थिर तथा उचित भएको छ जुन विकासको वास्तविक अवस्थासँग अनुकूल रहेको छ। ती लक्ष्यहरू स्थिरताका साथ अर्थतन्त्रको उच्च गुणस्तरिय विकासलाई साकार तुल्याउन हितकर रहेको छ।

उच्च गुणस्तरिय विकासको कार्यान्वयनको एक महत्वपूर्ण विशेषता भनेको अर्थतन्त्रको निहित शक्ति, जीवन्त शक्ति तथा प्रतिस्पर्धात्मक शक्तिलाई उत्तेजित पार्नु हो। माथि उल्लेखित अनुमानित जी.डी.पी.को ६-६.५ प्रतिशत वृद्धि दर अर्थतन्त्रको संचालनको उचित अन्तरालमै रहेको चीन विश्वको वृद्धिलाई बढाउने बलियो इन्जिन नै रहँदै जानेछ।

माथि उल्लेखित ती लक्ष्यहरूको कार्यान्वनको लागि चालू वर्षमा चीन सरकारले १० वटा महत्वपूर्ण कार्य बन्दोबस्त गरिरहेको छ। ती कार्यमा समष्टिगत नियन्त्रणको नवीन तथा सुधार गर्नु, व्यापार वातावरणलाई अनुकूलन गर्नु, नवीन निर्देशनमा विकास गर्नु, गरिबी निवारण तथा ग्रामीण पुनरूत्थानलाई अघि बढाउनु, प्रदूषणको निवारण तथा प्रतिरोध, पर्यावरणीय निर्माणको प्रवर्द्धन गर्नु, सर्वाङ्गीण खुलापन आदि रहेका छन्। ती कार्यहरूका ठोस लक्ष्यहरू निश्चित गरिसकेको छ। यसबाट हेर्दा, चीनको अर्थतन्त्रमा नवीन, सामञ्जस्य, हरित, खुला, बाँड्ने भन्ने विशेषताहरू बढीभन्दा बढी देखापरेको छ जुन एउटा मुलुकको अर्थतन्त्रको उच्च गुणस्तरिय विकासका मुख्य संकेत हुन्।

चालू वर्ष, जनगणतन्त्र चीन स्थापित भएको ७०औं वार्षिकोत्सव हो। बाह्य विश्वमा धेरै अनिश्चितता भरिएतापनि विकासको महत्वपूर्ण रणनैतिक चरणमै रहने चीनले आफ्नो कामलाई राम्रोसँग गर्दै अझ उज्ज्वल भविष्य सिर्जनाको लागि विविध किसिमका खतरा तथा चुनौतीलाई हटाउँदै जाने छ।

जानकारी तथा लेखहरु