मार्च ५ तारिख मंगलबार बिहान १३ औँ राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशन बेइजिङस्थित जनवृहत सभाभवनमा सुरु भयो। सो अधिवेशनको उद्घाटन समारोहमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्नुभयो। सो बारे चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले सीआरआईका प्रतिनिधि चेतनाथ आचार्यसँग आफ्नो धारणा प्रस्तुत गर्नु भएको छ।