फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजनीतिक व्यवस्था-1

(GMT+08:00) 2019-03-06 08:28:34

गत सातादेखि वार्षिक रूपमा चल्ने चीनका दुईवटा अधिवेशन सुरू भए। हरेक वर्ष राष्ट्रिय जन-कांग्रेस र राजनैतिक परामर्शदात्री सम्मेलनको आयोजना चीनको आधारभूत राजनैतिक व्यवस्था हो। त्यसैले आज र आगामी साताको कार्यक्रममा मैले चीनको राजनैतिक व्यवस्थाको बारेमा जानकारी दिन चाहन्छु।

चीन राष्ट्रको व्यवस्था

जन गणतन्त्र चीन मजदूर वर्गको नेतृत्वमा रहेको, मजदूर र किसानको मित्रवत गठबन्धनका आधारमा रहेको र जनता प्रजातान्त्रिक शासन व्यवस्था अन्तर्गत रहेको समाजवादी मुलुक हो। समाजवादी व्यवस्था चाहिं जन गणतन्त्र चीनको मूलभूत राजनीतिक व्यवस्था हो।

राष्ट्रिय जन-कांग्रेस सम्बन्धी व्यवस्था

 

 

राष्ट्रिय जन-कांग्रेस सम्बन्धी व्यवस्था चीनको मूलभूत राजनैतिक व्यवस्था, चिनियाँ जनताद्बारा नै प्रजातान्त्रिक शासन पद्धति र चीनको राजनैतिक व्यवस्था हो। यो पश्चिमी जगतमा "तीनवटा अधिकार" छुट्टा-छुट्टै निकायमा निहित हुने व्यवस्था रहेको संसद भन्दा फरक छ। चीनको संविधानमा राष्ट्रिय जन-कांग्रेसलाई देशको सर्वोच्च आधिकारिक संस्थाको रुपमा स्थापित गरिएको छ। चीनमा अठार वर्ष उमेर पुगेका नागरिकहरुमा आफ्ना प्रतिनिधि छान्ने वा आफै निर्वाचित हुनका लागि उमेदवार बन्ने अधिकार छ। चीनका विभिन्न तहका जन-कांग्रेसहरुमध्ये गाउँ र जिल्ला स्तरीय प्रतिनिधिहरुको निर्वाचन प्रत्यक्ष निर्वाचनका आधारमा गरिने व्यवस्था छ। यसभन्दा माथिल्ला तहका प्रतिनिधिहरुको निर्वाचन भने अप्रत्यक्ष रुपमा गरिने चलन छ। चिनियाँ राष्ट्रिय जन-कांग्रेसमा चीनका विभिन्न प्रान्त, स्वायत्त प्रदेश र केन्द्रशासित शहर र सेनाका प्रतिनिधिहरु रहने व्यवस्था छ। विभिन्न तहका जन-कांग्रेसको कार्यावधि पाँच वर्षको हुन्छ। ती जन-प्रतिनिधिहरुको पूर्ण राष्ट्रिय सम्मेलनको आयोजना हरेक वर्ष एक पटक गरिन्छ।

हरेक वर्ष आयोजित हुने जन-कांग्रेसको वार्षिक सम्मेलनमा प्रतिनिधिहरुले सरकारी कार्य-प्रतिवेदन र अन्य महत्वपूर्ण प्रतिवेदनको सुनुवाइ गर्दछन्। उनीहरुले यी प्रतिवेदनको लेखाजोखा गर्नुका साथै सम्बन्धित निर्णय-प्रस्ताव पनि प्रस्तुत गर्दछन्। त्यस अवधिमा सम्मेलन नहुने दिनमा विभिन्न तहका जन-कांग्रेसको स्थायी संस्था अर्थात जन- कांग्रेसको स्थायी समितिले कांग्रेसद्बारा दिइएको अधिकारको कार्यान्वयन गर्दछ। जस्तै: राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिको हक-अधिकारका बारेमा संविधानको व्याख्या गर्ने, संविधानको कार्यान्वयनको अनुगमन गर्ने, पूर्ण बैठकद्बारा तर्जुमा गरिएका कानून बाहेक अरु कानूनहरुको तर्जुमा र संशोधन गर्ने र राष्ट्रिय जन-कांग्रेसप्रति जिम्मेवार हुने र त्यससमक्ष कार्य-प्रतिवेदन पेश गर्ने आदि विषयहरु समावेश छन्।

चीनको राष्ट्रिय जन-कांग्रेसको आधारभूत अधिकारमा कानून निर्माणको अधिकार, अनुगमनको अधिकार, महत्वपूर्ण घटना सम्बन्धमा निर्णयको अधिकार र महत्वपूर्ण पदहरुमा नियुक्ति र पदच्युतीको अधिकार आदि समावेश छन्। चीनमा, केही अवधिसम्मको राष्ट्रिय अर्थतन्त्र र सामाजिक विकास सम्बन्धी योजनाको तर्जुमा चीनको सामाजिक विकासलाई अघि बढाउनका लागि महत्वपूर्ण आधार बनिसकेको छ। तर यी योजनाहरुले राष्ट्रिय जन-कांग्रेसमा पारित गरिएपछि मात्र कानूनी आधार प्राप्त गर्नसक्दछन्। चीनको कानूनमा भनिएको छ: चीनका मुख्य नेताहरुको नियुक्ति जस्तै: राष्ट्राध्यक्ष र राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिका अध्यक्ष आदि पदका लागि व्यक्तिको नियुक्ति राष्ट्रिय जन-कांग्रेससमक्ष पेश गरिएपछि निर्वाचनमार्फत हुनसक्नेछ। राज्य परिषद्का प्रधानमन्त्री र विभिन्न मन्त्रीहरुको नियुक्ति पनि राष्ट्रिय जन- कांग्रेससमक्ष पेश गरिएपछि मात्र हुनसक्नेछ। राष्ट्रिय जन-कांग्रेसले निश्चित प्रक्रियामार्फत राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिका अध्यक्ष, राष्ट्राध्यक्ष, राज्य परिषद्का प्रधानमन्त्री आदि देशका नेतागणलाई पदच्युत गर्ने सम्बन्धी प्रस्ताव पनि प्रस्तुत गर्नसक्छ।

जानकारी तथा लेखहरु