फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक सामाजिक विकास राम्रोसँग गर्नेः जन कांग्रेसका अध्यक्ष ली चानशु

(GMT+08:00) 2019-03-06 15:54:02

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य एवम् राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चानशुले ५ तारिख दिउँसो च्याङ सी प्रान्तीय प्रतिनिधिहरूसँग सरकारी कार्य प्रतिवेदनबारे समीक्षा गर्नुभएको छ।

सो अवधिमा लीले प्रधानमन्त्री ली खछ्याङले प्रस्तुत गर्नुभएको सरकारी कार्य प्रतिवेदनमा पार्टीले आर्थिक नेतृत्वलाई सबल पार्ने पुष्टी गर्नुभएको प्रकाश पार्नुभएको छ।

पार्टीका महासचिव सी चिनफिङले दिनुभएको च्याङ सी प्रान्तीय कार्य सम्बन्धि महत्वपूर्ण निर्देशन तथा केन्द्रिय समितिको निर्णय तथा बन्दोबस्तीको कार्यान्वयन गर्ने आशा पनि लीले गर्नुभएको छ। यस पटकको अधिवेशनको भावनालाई आ-आफ्नो कार्यमा उतार्दै अर्थको दिगो र स्वस्थ विकास एवम् समाजको स्थिरतालाई कायम राख्दै जाने इच्छा पनि प्रतिनिधिहरूसमक्ष अध्यक्ष लीले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु