फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी पूँजीका लागि अझ राम्रो व्यापार वातावरण निर्माण गर्न चीनद्वारा अझ बढी खुलापन

(GMT+08:00) 2019-03-06 18:35:23

तेह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनको प्रेस केन्द्रले आज 6 तारिख पत्रकार सम्मेलनको आयोजना गरेको छ। चिनियाँ विकास तथा सुधार समितिका जिम्मेवारहरूले "अर्थतन्त्रको उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउने" विषयबारे चिनियाँ तथा विदेशी सम्वाददाताको प्रश्नको उत्तर दिएका छन्।

राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख ह ली फङका अनुसार, सन् 2018चीनको मुख्य आर्थिक सूचकांक उचित अन्तरालमा रहेर जीडीपी 900 खर्ब 30 अर्ब चिनियाँ युआन पुगेको छ।

हाल लेखाजोखा भैरहेको सरकारी कार्य प्रतिवेदनले यस वर्ष चिनियाँ कूल गार्हस्थ उत्पादनको अनुमानित लक्ष्य ६% देखि ६.५% सम्म प्रस्तुत गरेको छ। चीनको अर्थतन्त्रले स्थिरताका साथ राम्रो दिशातिर विकास प्रवृतिलाई कायम राखेर चालू वर्षको अनुमानित लक्ष्य साकार तुल्याउने विश्वास प्रमुख हले बताउनुभयो।

भविष्यमा चीनले विदेशी व्यापारीका लागि लगानीको सुविधा बढाउनुका साथै अझ बढी महत्वपूर्ण तथा ठूला लगानी परियोजना प्रस्तुत गर्ने राष्ट्रिय विकास तथा सुधार समितिका उपप्रमुख निङ चि चले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु