फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वस्तुगत अर्थमा जीवन्त शक्ति थपिँदै

(GMT+08:00) 2019-03-06 18:38:49

चालू वर्ष जटिल तथा गम्भीर हुँदै गएको विकास वातावरणको सामना गर्न चीन सरकारले ५ तारिख ठूलो परिमाणमा कर तथा शुल्क घटाउने योजना सार्वजनिक गरेको छ जुन योजनामा २० खरब चिनियाँ युआन बराबर कर वा शुल्क हटाउने उल्लेख गरिएको छ। सो योजना ठूलो जीवन्त शक्ति जस्तै सर्वसाधारण लगायत करोडौं चिनियाँ युआन बराबर बजारको मुख्य पक्षको लागि निकै अर्थपूर्ण रहेको छ र जुन विश्वको लागि उत्तेजक समाचार हो।

प्रधानमन्त्री ली खछ्याङले प्रस्तुत गर्नुभएको सरकारी कार्य प्रतिवेदन वमोजिम, चालू वर्ष चीनमा करमा सुधार गर्दै उत्पादन उद्योग लगायतका उद्योगहरूमा चलिरहेको १६% करलाई १३%सम्म घटाइने छ। यातायात, ढुवानी, निर्माण क्षेत्रमा चलिरहेको १०%लाई ९%सम्म घटाइने छ। ६% करको परिवर्तन नगरिने अवस्थामा उत्पादन, दैनिक जीवनमा सेवारत उद्योगमा थपिने करमा तलब कटौती गर्ने कदमहरूबाट सबै उद्योगमा तिरिने कर बढ्नुको सट्टामा घट्ने प्रत्याभूति दिइन्छ। साथै सरकारले शहरी तथा टाउन्शिपका वासिन्दाहरूको आधारभूत पेन्सन बिमामा तिरिने शुल्क घटाइने छ। सो प्रतिवेदनमा अड्कल गरे अनुसार, वर्षभरि उद्यमहरूले तिर्ने कर तथा सामाजिक प्रत्याभूति बिमा शुल्क पहिलेभन्दा २० खरब चिनियाँ युआन कम हुने छ।

माथि उल्लेखित कदमहरूबाहेक, सरकारी बैंकले स-साना उद्योगहरूलाई दिने ऋण पहिलेको ३०%ले बढाउन चीनले आग्रह गरेको छ।

यसो हेर्दा लागू हुने ती श्रृंखलावद्ध कदमहरू चीनको भित्री तथा बाहिरी विकास वातावरणलाई केलाएको नतिजा हुन्। विश्वको दृष्टिकोणबाट हेर्दा, विश्वको आर्थिक वृद्धि बढ्ने गति कम हुँदै जान्छ। यूरो क्षेत्रको अर्थतन्त्र अस्थिर भएको साथै अमेरिकी अर्थ पनि जटिल अवस्थामा परेको छ। साथै बेलायत यूरोपेली संघबाट हट्ने, चीन-अमेरिका व्यापार द्वन्द्व लगायत अनिश्चित कारक तत्वहरू रहिरहेका छन्। चीनको भित्री अवस्थाबाट हेर्दा, अर्थतन्त्र अधोगतिमा लग्ने दबाव ठूलो बन्दै गएको छ। अनुमान गर्न सक्ने र अनुमान गर्न गाह्रो खतरा तथा चुनौतीहरू ठूलो र धेरै बन्दै गएको देखिन्छ। यसै सन्दर्भमा चीनले कडा युद्धलाई जित्न यथेष्ठ तयारी गर्नुपर्छ।

यसै बेला चीनले उचित समयमा लागू हुने कर तथा शुल्क घटाउने ती कदमहरूबाट व्यवसायहरूको भारी जिम्मालाई ठूलो परिमाणमा स्पष्टसँग घटाइने छ र यसमार्फत बजारका मुख्य पक्षहरूको जीवन्त शक्तिलाई प्रोत्साहन गर्नु हो। जसबाट ती व्यवसायहरूले उत्पादनको विस्तार गर्नुको साथै अनुसन्धान तथा नवीन थप लगानी गर्नसक्नेछन् र चीनको आर्थिक विकासको लागि ठूलो इन्जिन प्रदान गरिने छ। बजारका करोडौ मुख्य पक्षहरू लाभान्वित भएको साथै करको भण्डारणको आधारलाई पनि विस्तार गरिने छ र अन्त्यमा करबाट आउने आम्दानी बढ्न सक्नेछ।

कर तथा शुल्क घटाउने कदमहरूको कार्यान्वयनको प्रत्याभूति दिनको लागि चीन सरकारले विभिन्न तहका सरकार लगायत केन्द्रिय सरकारले पनि खर्च घटाउन आग्रह गरेको छ। यसबारे प्रधानमन्त्री लीले यसरी भन्नुभयोः 'सरकारले 'व्यवसाय तथा समाजसमक्ष दिएको वचनलाई व्यवहारमा उतार्नुपर्छ कठिनाइ जति ठूलो भएतापनि यसै ठूलो कामलाई राम्रोसँग पूरा गर्नुपर्छ।'

हाल चीनको अर्थतन्त्र उच्च गुणस्तरिय विकास चरणमा प्रवेश भएको छ र नयाँ चुनौतीहरू पनि देखा परेका छन्। कर तथा शुल्क घटाउने ती कदमहरूबाट चिनियाँ बजारका मुख्य पक्षमा जीवन्त शक्ति निकालिनुका साथै सर्वसाधारणलाई पनि खुशी तुल्याउँछ। चीनले ६-६.५% आर्थिक वृद्धि लक्ष्यलाई शंकारहित साकार तुल्याउन सकिने विश्वास गरिएको छ।

जानकारी तथा लेखहरु