फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बितेका ६ वर्षमा चीनमा गरिबीमुक्त जनसंख्या ८ करोड

(GMT+08:00) 2019-03-07 15:07:36

सटीक लक्ष्यसहित गरिबी निवारण चीनमा लागू भएको ६ वर्षयता, गरिबीको रेखामुनी रहेको जनसंख्या सन् २०१२को ९ करोड ८९ लाख ९० हजारदेखि सन्२०१८को १ करोड ६६ लाखसम्म घटाइएको छ जुन अवधिमा गरिबीमुक्त जनसंख्या ८ करोड भएको छ। चीनको राज्य परिषद अन्तर्गत गरिबी निवारण विकास नेतृत्वदायी टोली कार्यालयका प्रमुख लिउ योङफुले ७ तारिख पैचिङमा आयोजित तेह्रौं राष्ट्रिय जन काँग्रेस दोस्रो अधिवेशनको पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो। सन् २०१९मा चीनमा गरिबीबाट मुक्त थप जनसंख्य १ करोड हुने योजना चीनले गरेको छ।

पत्रकार सम्मेलनमा लिउले चीनमा भइरहेको गरिबी निवारण कार्यबाट समाधान गर्न खोजेको विषय नै हजारौं वा सयौं वर्षमा समाधान गर्न बाँकी रहेको नै अति गरिबीको समस्या हो र यसै समस्या लामो समयसम्म रहिरहने प्रकाश पार्नुभएको छ। विश्वमा सबभन्दा ठूलो विकासोन्मुख मुलुक भएको चीनमा गरिबी निवारण नै एउटा दीर्घकालीन कार्यभार हो भन्ने कुरा पनि लिउले औंल्याउनुभएको छ।

1  2  
जानकारी तथा लेखहरु