फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तान र भारतबीच सकारात्मक भावना देखापरेकोमा चीनद्वारा स्वागत

(GMT+08:00) 2019-03-07 15:21:28

पाकिस्तान तथा भारतबीच निरन्तर रूपमा सकारात्मक भावना देखा पर्दै जाने र वार्तामार्फत् विद्यमान मतभेदको समाधान गरेर वर्तमान सम्बन्धमा सुधार ल्याउने आशा चीनले लिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले ६ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा भन्नुभएको हो।

पाकिस्तानी विदेश मन्त्रालयले मार्च ५ तारिख भारतका लागि पाकिस्तानी उच्च विशेषज्ञले पदभार सम्हाल्नका लागि चाँडै नयाँ दिल्ली फर्कने जनाएको छ। साथै पाकिस्तान तथा भारतले पाकिस्तान-भारत सिमा क्षेत्र कर्तापुर करिडोरबारे छलफल गर्न मार्च १४ र २८ तारिख एक-अर्कातर्फ प्रतिनिधि मण्डल पठाउने योजना पनि गरेका छन्। पाकिस्तानले भारतसँग उच्चस्तरिय सम्पर्क राख्दै जाने इच्छा पनि व्यक्त गरेको छ। सो पत्रकार सम्मेलनमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता लु खाङले यसरी भन्नुभएको छः 'पाकिस्तान र भारत अन्यत्र सार्न नहुने छिमेकी हुन् र आपसमा छिपेकीपना दुवै पक्षको आधारभूत हितसँग अनुकूल छ। चीनले यी दुई पक्षबीचको वार्ताका लागि रचनात्मक भूमिका निर्वाह गर्दै जाने छ।'

जानकारी तथा लेखहरु