फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कर कटौती चालू वर्षको सक्रिय वित्तिय नीतिको प्राथमिकता-चिनियाँ अर्थमन्त्री

(GMT+08:00) 2019-03-07 15:22:31

चीन सरकार, राष्ट्रिय काँग्रेसको वार्षिक अधिवेशनसमक्ष प्रस्तुत सरकारी कार्य प्रतिवेदनका अनुसार, चालू वर्ष चीनले निरन्तर रूपमा सक्रिय वित्तिय नीति लागू गर्नेछ। कर घटाउनु चालू वर्ष सक्रिय वित्तिय नीतिको प्राथमिकता हुने कुरा चिनियाँ अर्थमन्त्री लिउ खुनले व्याख्या गर्नुभयो। उहाँका अनुसार, आर्थिक वृद्धि स्थिर पार्नका लागि चीनले अझ ठूलो परिमाण र स्पष्ट रूपमा कर र शुल्क घटाउने, व्यवसायको अपेक्षाको अझ राम्ररी दिशानिर्देश गर्ने र बजारको विश्वास अझ बढाउनेछ। त्यसमध्ये मूल्य थप्ने करको सुधारलाई गहन पार्नु यस वर्ष कर तथा शुल्क कटौतीको केन्द्रिय विषय हुनेछ।

उक्त सरकारी कार्य प्रतिवेदनले यसै वर्ष व्यवसायका लागि 20 खर्ब चिनियाँ युआन कर तथा सामाजिक बीमा घटाउने विषय प्रस्तुत गरेको छ। चिनियाँ आर्थिक तथा वित्तिय विभागहरूले राम्ररी व्यवहारमा उतार्ने पनि अर्थमन्त्री लिउले व्यक्त गर्नुभयो। चीन सरकारले सामान्य खर्चको कडा नियन्त्रण गर्नुका साथै महत्वपूर्ण क्षेत्र र केन्द्रिय भागमा लगानीलाई सबल पार्नेछ।

जानकारी तथा लेखहरु