फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा व्यापार वातावरण सुधारिँदै

(GMT+08:00) 2019-03-07 18:38:12
चीनको सर्वोच्च आधिकारिक संस्था-राष्ट्रिय जन काँग्रेसमा पेश गरिएको सरकारी कार्य प्रतिवेदनमा बजारको मुख्य पक्षको जीवन्त शक्तिलाई प्रोत्साहित गरिँदै व्यापार वातावरणलाई सुधार गरिनु सरकारका १० वटा मुख्य कार्यभारहरूमध्येको एक भएको उल्लेख गरिएको छ। अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध जटिल र परिवर्तित बन्दै गएको पृष्ठभूमिमा चीनको अर्थतन्त्रको उच्चस्तरिय विकासतिर परिणत हुँदै गएको पृष्ठभूमिमा व्यापार वातावरणलाई अनुकूलन पार्नु नै चीनको अर्थतन्त्रको जीवन्त शक्ति र प्रतिस्पर्धात्मक क्षमतालाई बढाउनको लागि हितकर भएको साथै विश्वका लगानीकर्ताहरूको लागि पनि एउटा सुअवसर हो।

चीनको आधिकारिक दस्तावेजमा व्यापार वातावरणलाई यसरी व्याख्या गरिएको छः न्यायोचित प्रतिस्पर्धा भएको बजार, उच्च कार्यकुशलता र भ्रष्टाचाररहित सरकारी कार्य प्रक्रिया, खुला तथा पारदर्शी कानून तथा नीति र खुला एवम् समावेशी मानव संस्कृति भन्ने ४ क्षेत्र हुन्। गत अक्टोबरमा विश्व बैंकले सार्वजनिक गरेको 'व्यापार वातावरण प्रतिवेदन'मा चीनको स्थान पहिलेको ७८औंदेखि ४६ औंसम्म उकासिएको छ र चीनमा सम्बद्ध क्षेत्रको सुधार आश्चर्यजनक छिटो र प्रभावकारी भएको जनाइएको छ।

चालू वर्ष जटिल र कडा हुँदै गएको विकास वातावरणको सामना गर्दा चीनले व्यापार वातावरण सुधारिने श्रृंखलावद्ध कदमहरू चालेर व्यवहारिक कार्वाहीमार्फत अडकल गरेका र थाहा नभएका चुनौतीको सामना गरिरहेको छ।

थाहा भए अनुसार, चालू वर्ष चीनमा विदेशी लगानी प्रवेश गराउन 'विदेशी लगानी आकर्षित उद्योग सूची' सार्वजनिक गरिने छ। साथै नयाँ उर्जा, अग्रसर उत्पादन तथा इलेक्ट्रोनिक सूचना आदि क्षेत्रहरूमा लगाइने लगानीकर्ताको लागि जग्गा, समुद्र, उर्जाको प्रयोग क्षेत्रमा पनि समर्थन दिइने छ।

चीनका राष्ट्राध्यक्ष सीले यसरी भन्नुभएको छः 'व्यापार वातावरण अझ राम्रो हुनसक्नेछ। तर सबैभन्दा राम्रो भएको अवस्था नै छैन। विश्वमा सबभन्दा ठूलो विकासोन्मुख मुलुक चीनमा व्यापार वातावरण तथा अन्तर्राष्ट्रिय स्तरको व्यापार वातावरण बीच ठूलो अन्तर रहिरहेको छ। यस अन्तरलाई साँघुरो पार्न चीनले सुधारलाई गहन पार्दै खुलापनलाई विस्तार गर्दै जाने छ। प्राप्त जानकारी अनुसार, राष्ट्रिय आर्थिक प्राविधिक विकास क्षेत्र, उच्च र नयाँ प्रविधि उद्योग क्षेत्रको समर्थन गर्न चीन सरकारले स्वतन्त्र व्यापार परिक्षात्मक क्षेत्रलाई अझ ठूलो नवीन अधिकार दिने योजना गरेको छ। ती योजनाहरूबाट विदेशी लगानी लगायत बजारमा थप जीवन्त शक्ति र नवीन क्षमता प्रोत्साहन गरिने छ र चीन र विश्व अर्थको मिलनलाई अझ घनिष्ट पारिने छ। लगानीको लागि चीन अझै आकर्षक गन्तव्य हुँदै जान्छ।

जानकारी तथा लेखहरु