|
|
|
|||||||||
|
||

चीनका परराष्ट्र मन्त्री वाङ यीले ८ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा चीनको कूटनीति तथा वैदेशिक सम्बन्ध सम्बद्ध केही ध्यानाकर्षक विषयबारे चिनियाँ तथा विदेशी पत्रकारद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिनुभएको छ। २ घण्टासम्म चलेको सो पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री वाङले विश्वका विभिन्न मुलुकसँगै मिलेर चीनले बहुपक्षीयतावाद तथा संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको अडानका साथ संरक्षण गर्ने कुरा धेरै पटक दोहोर्याउनुभयो।

दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च आउने अप्रिलको अन्तमा पैचिङमा आयोजना हुने भएको छ। यसबारे परराष्ट्र मन्त्री वाङले जानकारी दिँदै भन्नुभएको छः 'चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो मञ्चको उद्धाटन समारोहमा भाषण दिनुहुने छ र सो मञ्चको नेतागण गोलमेच सम्मेलनको अध्यक्षता गर्नुहुने छ।' अझ उच्चस्तरिय, अझ ठूलो परिधिको र अझ यथेष्ठ कार्यक्रमहरू भन्ने यस पटकको मञ्चका ३ वटा विशेषता भन्ने कुरा वाङले औंल्याउनुभएको छ।

चीन-यूरोप सम्बन्धबारे चर्चा गर्दै वाङले मार्चको अन्तमा राष्ट्राध्यक्ष सीले चालू वर्ष गर्नुहुने पहिलो भ्रमण यूरोपबाट हुने बताउँदै चीनले यूरोपको एकरूप प्रक्रिया तथा यूरोपेली संघको एकता एवम् बलियोपनको चीनले संधै समर्थन दिँदै जाने पुष्टि गर्नुभएको छ।

चीन-अमेरिका सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री वाङले अमेरिकाले अर्थहीन खेल नखेली चीनसँगै एउटै दिशातिर अघि बढ्ने आशा गर्नुभएको छ। दुई मुलुकले आपसी सहयोगलाई गहन पार्ने क्रममा सकारात्मक प्रतिस्पर्धा गर्दै आ-आफ्नो विकास गर्नुका साथै दुवै पक्षको लागि हितकर हुने वातावरण सिर्जना गर्ने इच्छा पनि गर्नुभएको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||