फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रतिनिधि मण्डलको समीक्षा बैठकमा चिनियाँ नेताहरू सहभागी

(GMT+08:00) 2019-03-08 15:30:52

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ, राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली चानशु, जनराजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको सचिवालयका सचिव वाङ हुनिङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति अनुशासन समितिका सचिव चाउ लचि तथा उप प्रधानमन्त्री हान चङले 7 तारिख तेह्रौं राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनमा सहभागी प्रतिनिधिहरूको समीक्षा बैठकमा बेग्ला बेग्लै रूपमा सहभागिता जनाउनुभएको छ।

यसैक्रममा कानसु प्रतिनिधि मण्डलको समीक्षा बैठकमा राष्ट्राध्यक्ष सीले महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। गरिबी निवारणबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले भन्नुभएको छः 'गरिबी निवारण लक्ष्य सन्२०२०सम्म पूरा हुन २ वर्ष मात्र बाँकी रहेको छ। गरिबी निवारणको सही दिशातिर कोशिश गर्दै अति गरिबी निवारणमा विभिन्न शक्तिलाई जुटाएर गरिब जिल्ला तथा गरिबीग्रस्त गाउँ बाहेकका क्षेत्रमा रहेका गरीब जनसंख्याको समर्थनमा थप सहयोग दिनुपर्छ।

प्रधानमन्त्री ली खछ्याङले क्वाङ तुङ र छिङहाइ प्रतिनिधि मण्डलको समीक्षा बैठकमा भाग लिनुभएको छ। क्वाङ तुङ प्रतिनिधि मण्डलको बैठकमा लीले सुधार तथा खुलापनमा क्वाङ तुङले सक्रियताका साथ अन्वेषण गर्दै अन्तर्राष्ट्रिय अग्र व्यापारको वातावरण सिर्जना गर्दै हङकङ र मकाउसँगै यसै क्षेत्रको बृहत् निर्माणलाई अघि बढाउने आशा व्यक्त गर्नुभएको छ। छिङहाइ प्रतिनिधि मण्डलको बैठकमा प्रधानमन्त्री लीले आर्थिक विकास तथा पर्यावरणीय संरक्षणलाई सँगै अघि बढाउने पुष्टि गर्नुभएको छ।

यसका अतिरिक्त, जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ याङले थाइवान तथा युननान प्रतिनिधि मण्डलको बैठकमा भाग लिनुभएको छ भने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको सचिवालयका सचिव वाङ हुनिङले शाङहाइ प्रतिनिधि मण्डलको बैठकमा सहभागि जनाउनुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति अनुशासन समितिका सचिव चाउ लचिले थेनचिन प्रतिनिधि मण्डलको बैठकमा उपस्थित हुनुभएको छ र उप प्रधानमन्त्री हान चङ चच्याङ प्रतिनिधि मण्डलको बैठकमा सम्मिलित हुनुभएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु