फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्रमन्त्रीद्वारा भारत-पाकिस्तान परिस्थितिबारे धारणा व्यक्त

(GMT+08:00) 2019-03-08 16:08:12

तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनले आज 8 तारिख मिडिया केन्द्रमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। चीनका परराष्ट्रमन्त्री वाङ यीले भारत तथा पाकिस्तानको परिस्थितिबारे धारणा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, हाल पाकिस्तान र भारतबीचको घटनाले फेरि विश्वको ध्यानकर्षण गरेको छ। शुरूवातदेखि चीनले संयमता कायम राखेर घटना गम्भीर बन्दै जाने अवस्थाबाट रोक्नुका साथै वास्तविक कुरो पत्ता लगाएर वार्ताद्वारा समस्याको समाधान गर्नुपर्नेमा जोड दिएको छ। सो अवसरमा विभिन्न मुलुकको सार्वभौमिकता र प्रादेशिक अखण्डता पूर्ण रूपमा सम्मान गरिनुपर्नेमा पनि चीनले जोड दिएको छ।

मन्त्री वाङका अनुसार, पाकिस्तान र भारत सार्न नसकिने छिमेक हुनुका साथै दुई देशका जनताले हजारौं वर्षको दक्षिण एशियाली उपमहाद्वीपीय सभ्यताको उपभोग गरेका छन्। दुई देशका सामु साझा रूपमा स्थिरता, विकास तथा समृद्धि हुने महत्वपूर्ण मौका देखापरेको छ। चीनले दुई पक्षलाई सह-अस्तित्वमा गएर आपसी सहयोग गर्ने आशा चीनले गरेको छ। साथै दुवै पक्षले संकटको सामना गरेर अघि बढ्ने आशा पनि चीनले गरेको छ।

जानकारी तथा लेखहरु