फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिबाट अधिवेशनसमक्ष कार्य प्रतिवेदन प्रस्तुत

(GMT+08:00) 2019-03-08 18:12:28
8 तारिख दिउँसो चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका प्रमुख ली चान शुले पैचिङमा आयोजित तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनसमक्ष कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। सन् 2018 राष्ट्रिय जन काँग्रेसको स्थायी समितिले कानूनको गुणस्तरलाई माथि उकास्ने आधारमा विधान सम्बन्धी कार्यलाई तीव्र पारेको छ। अर्थतन्त्र, जनजीवनको प्रत्याभूति र पर्यावरणीय सभ्यताको निर्माण लगायत क्षेत्रमा विधान कार्यले नयाँ प्रगति हासिल गरेको प्रमुख ली चान शुले जानकारी दिनुभएको छ।

कार्य प्रतिवेदनले यसै वर्षको मुख्य कार्यभारमा संविधानको कार्यान्वयनर र निगरानी कार्यलाई दृढताका साथ अगाडि बढाउने विषय प्रस्तुत गरेको छ। प्रतिवेदनले चालू वर्ष विधान कार्य सूची पनि सार्वजनिक गरेको छ।

जानकारी तथा लेखहरु