फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको कूटनैतिक भावना सम्बन्धि बुझाइ

(GMT+08:00) 2019-03-08 19:31:02
चिनियाँ राष्ट्रिय जन कांग्रेसले ८ तारिख परराष्ट्र मन्त्रीको पत्रकार सम्मेलन आयोजना गरेको छ। परराष्ट्र मन्त्री वाङ यीले २ घण्टामा २१ वटा चिनियाँ तथा विदेशी संचारमाध्यमका पत्रकारहरूद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिनुभयो। ती विषयहरू वर्तमान विश्वमा सबै चर्चित विषयलाई समेटिएको छ जुन ठूला मुलुकबीचको सम्बन्धदेखि क्षेत्रीय संघर्षसम्म, कोरियाली प्रायद्वीपदेखि अफ्रिकी महाद्वीपलाई ढाकिएको छ। परराष्ट्र मन्त्री वाङ यीका जवाफहरूबाट विश्वको भावी विकासप्रति चीनको गहन सोचविचारलाई देखाइनुका साथै विश्वव्यापी संचालनमा चीनले निर्वाह गर्ने अझ ठूलो भूमिकाप्रति अपेक्षा पनि गरिएको छ जसबाट सम्पूर्ण संसार एउटै समुदाय भन्ने चीनको कूटनैतिक भावना पनि प्रदर्शित भएको छ।

बेल्ट एण्ड रोड नै राष्ट्राध्यक्ष सी चिनफिङले विश्वको संयुक्त विकासको प्रवर्द्धनको लागि सन् २०१३मा प्रस्तुत गर्नुभएको अर्थपूर्ण प्रस्ताव हो। हालसम्म विश्वका १२३ वटा मुलुक तथा २९ वटा अन्तर्राष्ट्रिय संगठनले सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्। आउने अप्रिलको अन्तमा अझ बढी मुलुकका राष्ट्रनायकहरू वा सरकारी प्रमुखहरूले चीनमा आयोजना हुने दोस्रो बी.आर.आई. अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग लिनुहुने छ। ती तथ्यहरूबाट हेर्दा बी.आर.आई. ऋणको जाल होइन बरू सर्वसाधारणलाई लाभान्वित गर्ने केक हो र भूराजनीतिको साधन होइन बरू संयुक्त विकासको मौका नै हो भन्ने कुरामा पनि परराष्ट्रमन्त्री वाङ यीले प्रकाश पार्नुभएको छ।

चिनियाँ राष्ट्र तथा चिनियाँ सभ्यतामा सम्पूर्ण संसार एउटै समुदाय हो भन्ने भावनामा प्राथमिकता दिइरहेको छ। मानव जातिको लागि कागज बनाउने, प्रिङ्टिङ प्रविधि लगायत ४ वटा आविष्कारको योगदान गरेको चिनियाँ राष्ट्रले नयाँ युगमा विश्वको शान्तिपूर्ण विकासको लागि विकासको नयाँ मोडल सिर्जना गरेको छ। बढी अन्तर्राष्ट्रिय जिम्मा लिने चीनले विश्वको शान्ति संरक्षण, मानवजातिको प्रगतिको प्रवर्द्धनको लागि अझ बढी र ठूलो योगदान दिने विश्वास गरिएको छ।

जानकारी तथा लेखहरु