फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रतिनिधि मण्डलको समीक्षा बैठकमा चिनियाँ नेताहरू सहभागी

(GMT+08:00) 2019-03-09 15:06:20

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको सचिवालयका सचिव वाङ हुनिङ तथा उप प्रधानमन्त्री हान चङले 8 तारिख तेह्रौं राष्ट्रिय जनकांग्रेसको दोस्रो अधिवेशनमा सहभागी प्रतिनिधिहरूको समीक्षा बैठकमा बेग्ला बेग्लै रूपमा सहभागिता जनाउनुभएको छ।

यसैक्रममा राष्ट्राध्यक्ष सी चिनफिङले ह नान प्रतिनिधि मण्डलको समीक्षा बैठकमा भाग लिनुभएको छ। उहाँले ह नानको कार्यको सक्रिय मूल्यांकन गर्नुका साथै ह नानका कमरेडहरूलार्इ पार्टी केन्दीय समितिको निर्णयलार्इ व्यवहारमा उतारेर उच्च गुणस्तरीय विकासको मागअनुसार विभिन्न कार्यभार अगाडि बढाउनुका साथै अर्थतन्त्रको दिगो तथा स्वास्थ विकास र समाजको स्थिरता कायम राखेर विपन्न समाजको पूर्ण निर्माणको सफलताका लागि निर्णायक आधार तयार गर्ने आशा गर्नुभयो। उहाँका अनुसार, ह नान प्रान्त चीनको ठूलो कृषिप्रधान प्रान्त हो र ठूलो जनसंख्या भएको प्रान्त पनि हो। कृषि, ग्रामीण क्षेत्र तथा कृषक सम्बन्धित काम राम्रोसँग पूरा गर्नु नै ह नान प्रान्तको लागि निकै महत्वपूर्ण छ। चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनमा ग्रामीण पुनरूत्थानको रणनीति लागू गर्ने निर्णय गरियो। ह नान प्रान्तले अन्नबालीको सुरक्षा कार्यभार वहन गर्नुपर्ने, कृषि आपूर्ति पक्षको बनौटमूलक सुधारलाई अघि बढाउनुपर्ने, हरित विकासको विचार लिनुपर्ने, ग्रामीण क्षेत्रमा कमजोर पूर्वाधारलाई पूर्णता दिलाउनुपर्ने, गरिबी निवारणको युद्धमा जित्नुपर्नेलगायत अनुरोधहरू राष्ट्रध्यक्ष सीले गर्नुभयो।

प्रधानमन्त्री ली खछ्याङले हु पै प्रतिनिधि मण्डलको समीक्षा बैठकमा सहभागी हुँदा हु पै प्रान्तलार्इ सी चिनफिङ नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारको निर्देशनमा अर्थतन्त्रको स्थिर विकासलार्इ कायम राख्नुका साथै उच्च गुणस्तरीय विकासलाई अघि बढाउने आशा गर्नुभयो।

यसका अतिरिक्त, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको सचिवालयका सचिव वाङ हुनिङले हु नान प्रतिनिधि मण्डलको बैठकमा सहभागिता जनाउनुभएको छ भने उपप्रधानमन्त्री हान चङले पैचिङ प्रतिनिधि मण्डलको बैठकमा भाग लिनुभयो।

1  2  3  
जानकारी तथा लेखहरु