फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको नयाँ चरणको उच्च गुणस्तरीय खुलापनलार्इ वैदेशिक लगानी कानूनबाट प्रत्याभूति दिइने

(GMT+08:00) 2019-03-09 16:44:45

सन् 2018 विश्वमा अन्तर्राष्ट्रिय लगानी 19 प्रतिशतले घटे तापनि चीनले भित्र्याएको वैदेशिक लगानी 7 प्रतिशतले बढेको थियो। चिनियाँ वाणिज्य मन्त्रालयबाट प्रकाशित पछिल्लो तथ्यांक अनुसार, यसै जनवरी महिनामा चीनबाट वास्तविक प्रयोग गरिएको विदेशी पूँजी गत वर्षको सोही अवधिको तुलनामा 4.5प्रतिशतले बढी भएको देखिन्छ। चीनका लागि अमेरिका र हल्याण्डको लगानी छुट्टा-छुट्टै रूपमा 124.6 र 95.6 प्रतिशतले बढेका छन्।

हाल करिब 2 हजार 9 सय जना राष्ट्रिय जनप्रतिनिधिहरू पैचिङमा विदेशी लगानी कानूनको मस्यौदा लेखाजोखा गरिरहेका छन्। चीनले उक्त कानूनमार्फत वैदेशिक लगानीको प्रवर्द्धन, उचित अधिकार तथा फाइदाको सुरक्षा, वैधानिकीकरण, अन्तर्राष्ट्रिय तथा सुविधाजनक व्यापारिक वातावरणको निर्माण गर्नका लागि र नयाँ चरणको उच्च गुणस्तरीय खुलापनको प्रत्याभूति दिने इच्छा राखेको छ।

सुधार तथा खुलापनको सुरूमा चीनले बेग्ला-बेग्लै रूपमा चिनियाँ तथा विदेशी पूँजीबाट संयुक्त सञ्चालित व्यवसाय कानून, विदेशी पूँजीबाट संचालित व्यवसाय कानून र चीन तथा विदेशको सहयोगमा संचालित व्यवसाय कानून पारित गर्यो। ती तीनवटा कानूनले चीनमा विदेशी व्यवसायीको लगानी तथा सञ्चालनलाई कानूनी नियम र प्रत्याभूति दिएका छन्। 40 वर्षयता विदेशी व्यवसायीहरूले चीनमा कूल 9 लाख50 हजार व्यवसाय सञ्चालन गर्नुका साथै वास्तविक लगानी 20 खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ।

सन् 2018 चिनियाँ सर्वोच्च आधिकारिक संस्था अर्थात् राष्ट्रिय जन काँग्रेसले वैदेशिक लगानी कानूनलाई तत्कालीन विधानमा समावेश गरेको थियो। विश्वको दोस्रो ठूलो अर्थव्यवस्था, पहिलो ठूलो सामान व्यापारिक मुलुक तथा दोस्रो ठूलो सेवा व्यापार देशको हैसियतमा चीनले वैदेशिक लगानी कानून मस्यौदाको तर्जुमाबाट स्पष्ट, राष्ट्रिय वास्तविकता तथा अन्तर्राष्ट्रिय नियमअनुसार, चिनियाँ तथा विदेशी पूँजीको समानता हुने देखाइएको छ। उदाहरणका लागि उक्त मस्यौदाले व्यापक रूपमा सरकार, अनुसन्धान संस्था तथा जन प्रतिनिधिको विचारधारा तथा राय-सुझाव सुन्नुका साथै नेटवर्कमार्फत सर्वसाधारणबाट विचार संकलन पनि गरेको थियो। त्यसका साथै चीनमा विदेशी वाणिज्य संघ तथा विदेशी व्यवसायको विचार सुन्नुका साथै अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियम तथा रीतिरिवाजमा ध्यान दिएर राष्ट्रिय जन काँग्रेस स्थायी समितिबाट दुर्इपटक समीक्षा गरेपछि तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनसमक्ष पेश गरिएको हो।

उक्त विदेशी लगानी कानूनको उद्देश्य वैदेशिक लगानीको प्रवेश, प्रवर्द्धन, सुरक्षा, व्यवस्थाका लागि आधारभूत प्रारूप र नियम निश्चित गर्नु भन्ने रहेको विश्लेषण गरिएको छ। चीनमा प्रवेशअघि राष्ट्रिय उपचार र नकारात्मक सूची व्यवस्थापनको प्रणाली लागू गर्ने पृष्ठभूमिमा भविष्यमा विदेशी व्यवसायीले भेट्ने सबै समस्याको न्यायिक, समान तथा स्पष्ट समाधान गर्न सकिनेछ।

विदेशी लगानी कानूनले चीनमा विदेशी व्यवसायको तीव्र गतिले विकास गर्न र चीनको नयाँ चरणको उच्च गुणस्तरीय खुलापनको प्रत्याभूति दिने अपेक्षा गरिएको छ।

जानकारी तथा लेखहरु